IIMS College

ISMT

HUB Education

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

 

तर एउटा कुराको याद सायद हामीमध्ये कमैले गरेका होलाउँ । डिस्प्लेमा राखिएका घडीहरुमा कति बजेको हुन्छ भनेर । त्यो भन्दा बढि हामी घडीको डिजाइन र मूल्यमा नै बढि केन्द्रित हुन्छौ ।

 

यसरी विज्ञापनमा राखिने घडीमा चाहे जति नै बेला किन नहोस् त्यो घडीमा १० बजेर १० मिनेट गएको हुन्छ । आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

 

यसको कारण यस्तो छः

 

घडीमा दश बजेर दश मिनेट गएको समयमा घन्टा सुई र मिनेट सुईको अवस्था यस्तो ठाउँमा हुन्छ जसले हाँसेको मानिसको मुखाकृति जस्तो देखाउँदछ । 

 

चित्रमा बनाइने हाँसेको मुखाकृति जस्तै घडीको सुईले बनाइदिन्छ । सायद हँसिलो स्वरुप देखाउनका लागि पनि विज्ञापनका घडीमा दश बजेर दश मिनेट बनाइएको हुन्छ ।

 

अर्को कारण हो, विजयको सूचक । दश बजेर दश मिनेट जाँदाको अवस्थामा घन्टा सुई र मिनेट सुई अंग्रेजी अक्षर ‘भी’ को आकारमा हुन्छ । ‘भी’ को अर्थ भिक्ट्री अर्थात विजय भन्ने हुन्छ । 

 

सायद सबैभन्दा सर्वेश्रेष्ठ घडी यहीँ हो भन्ने कुरा देखाउनका लागि हुनसक्छ यसो गराइएको । सबैभन्दा महत्वपूर्ण कुरा त के भने घडीभित्र लेखिएको ब्रान्डको नाम तथा लोगो प्रष्ट रुपमा देखाउनका लागि समेत दुवै सुईलाई यसरी माथि राखिएको हुनसक्छ ।

 

कतिपयका अनुसार जब पहिलोपटक वैज्ञानिकहरुले घडी बनाए तब ठ्याक्के दश बजेर दश मिनेट गएको थियो । त्यसैलै घडीको डिफल्ट समय नै दश बजेर दश मिनेट बनाइएको हुनसक्छ ।

 


थप समाचार

अष्ट्रेलियामा दुई नेपाली पक्राउ

  • 14 minutes ago
अष्ट्रेलियामा दुई नेपाली पक्राउ

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट दुई नेपाली पक्राउ परेका छन् । भिसा थप्नको लागि इन्डोनेशियाको बालीमा एक साता बसेर सिड्नी फर्केका एक युवा र युवतीलाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरेको हो ।

बुबाले जोडेको अर्बौँ सम्पत्ति किन जोगाउन सकेनन् अनिल अम्बानीले ?

  • 24 minutes ago
बुबाले जोडेको अर्बौँ सम्पत्ति किन जोगाउन सकेनन् अनिल अम्बानीले ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी । मुकेश अम्बानीको जन्म सन्

अष्ट्रेलियामा क्रिकेट बलजत्रो असिना पर्‍यो (भिडियोसहित)

  • 38 minutes ago
अष्ट्रेलियामा क्रिकेट बलजत्रो असिना पर्‍यो (भिडियोसहित)

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्डमा खतरनाक असिना परेको छ । क्विन्सल्याण्डस्थित दक्षिणपूर्वी ब्रिसबेनमा आइतबार बिहान आँधीबेहरीसहित क्रिकेट बलको आकारको असिना परेको हो ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।