IIMS College

ISMT

HUB Education

पत्याउनुहुन्छ ? एउटै घडीको मूल्य दुई अर्ब ८६ करोड पर्छ, यस्ता छन विश्वकै महंगा १० घडी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । समय सूचक यन्त्र हो घडि । व्यक्तिले आफ्नो गतिविधिलाई समयसँग सन्तुलित बनाउने सूचकको रुपमा घडिको प्रयोग गर्छन् । जति नै महङ्गो वा जति नै सस्तो भए पनि यसको काम समय बताउने नै हो । तर, घडि विलाशी बस्तुको रुपमा समेत प्रयोग हुने गरेको छ । विभिन्न रत्न जडित घडिहरु विलाशिताको प्रतिकको रुपमा प्रयोग भइरहेका छन् । 

 

घडिमा केही जटिल संयन्त्रहरु प्रयोग गरिएको हुन्छ जसले सही समय बताउन मद्दत गर्छ । केहीमा टर्बिलियन नामको उपकरण जडान गरिएको हुन्छ जसले गुरुत्वाकर्षणको बललाई समेत चुनौती दिन्छ । घडिको जटिल बनावट र विभिन्न रत्नहरुको प्रयोगले घडिलाई मूल्यवान बनाएको हुन्छ । विश्वमा अहिलेसम्म बनेका १० महङ्गा घडिहरु यस्ता छन्ः

 

१०. ब्रेक्वेट पकेट वाच १९७०बिए÷१२ 

मुल्यः सात लाख ३४ हजार डलर (करिब आठ करोड सात लाख चालिस हजार रुपैंया)

 

१८ क्यारेटको सुन प्रयोग भएको यो घडिको डिजाइन निकै स्टाइलिस छ । यो घडि हातैले कुँदिएको छ र यसलाई उत्कृष्ट कारिगरीको नमुना मानिन्छ । 

 

९. ब्ल्याकपेन १७३५ ग्रान्डी कम्प्लिकेसन 

मुल्यः आठलाख डलर (करिब आठ करोड ८० लाख रुपैयाँ)

 

ब्ल्याकपेन १७३५ ग्रान्डी कम्प्लिकेसनको केस प्लाटिनमले बनेको छ र चेन गोहीको छालाले बनेको छ । यसको इन्जिनमा मानिसको हातैले बनाएको ७४० वटा पाटर््स राखिएको छ । 

 

८. लुइस मायोनेट म्याजिस्टेल्स 

मुल्यः आठ लाख ८० हजार डलर (करिब नौ करोड ४६ लाख रुपैयाँ)

 

म्याजिस्टेल्स घडिलाई एक अद्धित्तीय नमुनाको रुपमा लिइन्छ । यो साच्चिकै स्टाइलिस घडिमा चन्द्रमाको ‘म्याटियोराइट’ प्रयोग गरिएको छ । 

 

७. हुबलोट ब्ल्याक क्याभिएर ब्याङ 

मुल्यः एक मिलियन डलर (करिब ११ करोड रुपैयाँ)

हुबलोट ब्ल्याक क्याभिएर सन् २००९ मा बनेको घडि हो जसमा ‘५०१ ब्यागेट कट ब्ल्याक डायमन्ड’ र १८ क्यारेट ह्वाइट गोल्ड प्रयोग गरिएको छ र यो साच्चिकै आकर्षक छ ।

 

६. चोपार्ड सुपर आइस क्युब 

मुल्यः एघार लाख डलर (करिब १२ करोड १० लाख रुपैयाँ)

 

यो स्वीस वाचमा ६० क्यारेटको काटिएका हिराहरु प्रयोग भएका छन् । यो लक्जरी घडि १०० फिट पानीमा डुबाँउदा पनि पानी पस्दैन । यो घडि स्क्य्राच प्रुफ रहेको छ । 

 

५. पाटेक फिलिप्पे स्काइ मुन टर्विलोन 

मुल्यः १३ लाख डलर (करिब १४ करोड ३० लाख रुपैयाँ)

 

पाटेक फिलिप्पेले बनाएको सबैभन्दा कम्प्लेक्स नाडि घडि मानिने यो घडिमा दुई साइड छ । घडिको पछाडीको भागमा रातको आकाश जस्तो देखिन्छ र अगाडीको भागमा मिति र चन्द्रमाको चरणहरु थाहा पाउन सकिन्छ ।

 

४. भ्याचेरोन कन्स्टान्टिन टुर डे इल्ले

मुल्यः १५ लाख डलर (करिब १६ करोड ५० लाख रुपैंया)

 

टुर डे इल्लेको निर्माण स्विस निर्माता भ्याचेरोन कन्स्टान्टिनले गरेको हो । यो घडि सन् निर्माताको २५० औं वार्षिक उत्सव मनाउनको लागि सन् २००५ मा बनाइएको थियो ।

 

३. पाटेक फिलिप्पे प्लाटिनम वल्र्ड टाइम 

मुल्यः ४० लाख डलर (करिब ४४ करोड रुपैयाँ)

 

पाटेक फिलिप्पेले एक पिस मात्रै बनाएको यो घडि सन् २००२ मा एक अक्सनमा चालिस लाख डलरमा बिक्री भएको थियो । यसले संसारको कुनै पनि ठाँउको सही समय बताउन सक्छ ।

 

२. पाटेक फिलिप्पे सुपर कम्प्लिकेसन 

मुल्यः एक करोड १० लाख डलर (करिब एक अर्ब २१ करोड रुपैयाँ)

 

१८ क्यारेट सुनको यो पकेट वाच पाटेक फिलिप्पेले बैंकर हेनरी ग्रेभ्स जुनियरको लागि बनाइएको थियो । पाँच वर्षको मेहनतमा यो घडि तयार भएको हो ।

 

१. चोपार्ड २१० क्यारेट

मुल्यः दुई करोड ६० लाख डलर (करिब दुई अर्ब ८६ करोड रुपैयाँ)

 

यो अद्धित्तीय नमूनाको सूचित मुल्य नै छैन् । २१० क्यारेटको रगिंन हिराहरु प्रयोग भएको यो घडि ब्रास्लेट जस्तो देखिन्छ । यो यति धेरै सुन्दर छ कि यो फूलहरुले घेरिएको जस्तो देखिन्छ ।

 


थप समाचार

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 14 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा

काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

  • 14 hours ago
काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठम

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

  • 15 hours ago
कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।