याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

Education Park

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

 

तर एउटा कुराको याद सायद हामीमध्ये कमैले गरेका होलाउँ । डिस्प्लेमा राखिएका घडीहरुमा कति बजेको हुन्छ भनेर । त्यो भन्दा बढि हामी घडीको डिजाइन र मूल्यमा नै बढि केन्द्रित हुन्छौ ।

 

यसरी विज्ञापनमा राखिने घडीमा चाहे जति नै बेला किन नहोस् त्यो घडीमा १० बजेर १० मिनेट गएको हुन्छ । आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

 

यसको कारण यस्तो छः

 

घडीमा दश बजेर दश मिनेट गएको समयमा घन्टा सुई र मिनेट सुईको अवस्था यस्तो ठाउँमा हुन्छ जसले हाँसेको मानिसको मुखाकृति जस्तो देखाउँदछ । 

 

चित्रमा बनाइने हाँसेको मुखाकृति जस्तै घडीको सुईले बनाइदिन्छ । सायद हँसिलो स्वरुप देखाउनका लागि पनि विज्ञापनका घडीमा दश बजेर दश मिनेट बनाइएको हुन्छ ।

 

अर्को कारण हो, विजयको सूचक । दश बजेर दश मिनेट जाँदाको अवस्थामा घन्टा सुई र मिनेट सुई अंग्रेजी अक्षर ‘भी’ को आकारमा हुन्छ । ‘भी’ को अर्थ भिक्ट्री अर्थात विजय भन्ने हुन्छ । 

 

सायद सबैभन्दा सर्वेश्रेष्ठ घडी यहीँ हो भन्ने कुरा देखाउनका लागि हुनसक्छ यसो गराइएको । सबैभन्दा महत्वपूर्ण कुरा त के भने घडीभित्र लेखिएको ब्रान्डको नाम तथा लोगो प्रष्ट रुपमा देखाउनका लागि समेत दुवै सुईलाई यसरी माथि राखिएको हुनसक्छ ।

 

कतिपयका अनुसार जब पहिलोपटक वैज्ञानिकहरुले घडी बनाए तब ठ्याक्के दश बजेर दश मिनेट गएको थियो । त्यसैलै घडीको डिफल्ट समय नै दश बजेर दश मिनेट बनाइएको हुनसक्छ ।

 


थप समाचार

डी लिट्ट किन बार्सिलोनाको अफर लत्याएर युभेन्ट्स गए ?

  • 17 minutes ago
डी लिट्ट किन बार्सिलोनाको अफर लत्याएर युभेन्ट्स गए ?

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले नेदरल्याण्ड्सका युवा खेलाडी माथिस डी लिट्टलाई भित्र्याएका छन् । उनलाई स्पेनिस क्लब बार्सिलोना र फ्रान्सेली क्लब पीएसजीले अफर गरेको भए पनि उनी इटालियन घरेलु लिग विजेत

अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

  • 21 minutes ago
अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

केही दिन अगाडि मलाई एउटा फोन आयो । फोन गर्ने व्यक्तिले आफू इमिग्रेशन डिपार्ट्मेन्टको अफिसर भएको, अष्ट्रेलियाको सरकारले विद्यार्थीको लागि नयाँ नियम ल्याएको

'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

  • 28 minutes ago
'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

एक दाजु भाई हरेक दिन समुद्रको किनारै किनार हिड्ने गर्थे । सँगै हिड्दा दाजुले कहिलेकाही भाईलाई पिट्ने वा गालीगलौज गर्ने गथ्र्यो । तर, भाई जवाफ फर्काउँदैनथ्यो, बरू रिस उठ्नासाथ दाजुले आज गाली ग¥यो भन्द



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।