IIMS College

ISMT

HUB Education

पत्याउनुहुन्छ ? एउटै घडीको मूल्य दुई अर्ब ८६ करोड

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । समय सूचक यन्त्र हो घडी । व्यक्तिले आफ्नो गतिविधिलाई समयसँग सन्तुलित बनाउने सूचकको रुपमा घडिको प्रयोग गर्छन् । जति नै महङ्गो वा जति नै सस्तो भए पनि यसको काम समय बताउने नै हो ।

 

तर, घडि विलाशी बस्तुको रुपमा समेत प्रयोग हुने गरेको छ । विभिन्न रत्न जडित घडिहरु विलाशिताको प्रतिकको रुपमा प्रयोग भइरहेका छन् । 

 

घडिमा केही जटिल संयन्त्रहरु प्रयोग गरिएको हुन्छ जसले सही समय बताउन मद्दत गर्छ । केहीमा टर्बिलियन नामको उपकरण जडान गरिएको हुन्छ जसले गुरुत्वाकर्षणको बललाई समेत चुनौती दिन्छ ।

 

घडिको जटिल बनावट र विभिन्न रत्नहरुको प्रयोगले घडिलाई मूल्यवान बनाएको हुन्छ । विश्वमा अहिलेसम्म बनेका १० महङ्गा घडिहरु यस्ता छन्:

 

१०. ब्रेक्वेट पकेट वाच १९७०बिए÷१२ 

मुल्य: सात लाख ३४ हजार डलर (करिब आठ करोड सात लाख चालिस हजार रुपैंया)

१८ क्यारेटको सुन प्रयोग भएको यो घडिको डिजाइन निकै स्टाइलिस छ । यो घडि हातैले कुँदिएको छ र यसलाई उत्कृष्ट कारिगरीको नमुना मानिन्छ । 

 

९. ब्ल्याकपेन १७३५ ग्रान्डी कम्प्लिकेसन 

मुल्य: आठलाख डलर (करिब आठ करोड ८० लाख रुपैयाँ)

ब्ल्याकपेन १७३५ ग्रान्डी कम्प्लिकेसनको केस प्लाटिनमले बनेको छ र चेन गोहीको छालाले बनेको छ । यसको इन्जिनमा मानिसको हातैले बनाएको ७४० वटा पाट्स राखिएको छ । 

 

८. लुइस मायोनेट म्याजिस्टेल्स 

मुल्यः आठ लाख ८० हजार डलर (करिब नौ करोड ४६ लाख रुपैयाँ)

म्याजिस्टेल्स घडिलाई एक अद्धित्तीय नमुनाको रुपमा लिइन्छ । यो साच्चिकै स्टाइलिस घडिमा चन्द्रमाको ‘म्याटियोराइट’ प्रयोग गरिएको छ । 

 

७. हुबलोट ब्ल्याक क्याभिएर ब्याङ 

मुल्य ः एक मिलियन डलर (करिब ११ करोड रुपैयाँ)

हुबलोट ब्ल्याक क्याभिएर सन् २००९ मा बनेको घडि हो जसमा ‘५०१ ब्यागेट कट ब्ल्याक डायमन्ड’ र १८ क्यारेट ह्वाइट गोल्ड प्रयोग गरिएको छ र यो साच्चिकै आकर्षक छ ।

 

६. चोपार्ड सुपर आइस क्युब 

मुल्यः एघार लाख डलर (करिब १२ करोड १० लाख रुपैयाँ)

यो स्वीस वाचमा ६० क्यारेटको काटिएका हिराहरु प्रयोग भएका छन् । यो लक्जरी घडि १०० फिट पानीमा डुबाँउदा पनि पानी पस्दैन । यो घडि स्क्य्राच प्रुफ रहेको छ । 

 

५. पाटेक फिलिप्पे स्काइ मुन टर्विलोन 

मुल्यः १३ लाख डलर (करिब १४ करोड ३० लाख रुपैयाँ)

पाटेक फिलिप्पेले बनाएको सबैभन्दा कम्प्लेक्स नाडि घडि मानिने यो घडिमा दुई साइड छ । घडिको पछाडीको भागमा रातको आकाश जस्तो देखिन्छ र अगाडीको भागमा मिति र चन्द्रमाको चरणहरु थाहा पाउन सकिन्छ ।

 

४. भ्याचेरोन कन्स्टान्टिन टुर डे इल्ले

मुल्यः १५ लाख डलर (करिब १६ करोड ५० लाख रुपैंया)

टुर डे इल्लेको निर्माण स्विस निर्माता भ्याचेरोन कन्स्टान्टिनले गरेको हो । यो घडि सन् निर्माताको २५० औं वार्षिक उत्सव मनाउनको लागि सन् २००५ मा बनाइएको थियो ।

 

३. पाटेक फिलिप्पे प्लाटिनम वल्र्ड टाइम 

मुल्य: ४० लाख डलर (करिब ४४ करोड रुपैयाँ)

पाटेक फिलिप्पेले एक पिस मात्रै बनाएको यो घडि सन् २००२ मा एक अक्सनमा चालिस लाख डलरमा बिक्री भएको थियो । यसले संसारको कुनै पनि ठाँउको सही समय बताउन सक्छ ।

 

२. पाटेक फिलिप्पे सुपर कम्प्लिकेसन 

मुल्य: एक करोड १० लाख डलर (करिब एक अर्ब २१ करोड रुपैयाँ)

१८ क्यारेट सुनको यो पकेट वाच पाटेक फिलिप्पेले बैंकर हेनरी ग्रेभ्स जुनियरको लागि बनाइएको थियो । पाँच वर्षको मेहनतमा यो घडि तयार भएको हो ।

 

१. चोपार्ड २१० क्यारेट

मुल्यः दुई करोड ६० लाख डलर (करिब दुई अर्ब ८६ करोड रुपैयाँ)

यो अद्धित्तीय नमूनाको सूचित मुल्य नै छैन् । २१० क्यारेटको रगिंन हिराहरु प्रयोग भएको यो घडि ब्रास्लेट जस्तो देखिन्छ । यो यति धेरै सुन्दर छ कि यो फूलहरुले घेरिएको जस्तो देखिन्छ ।

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 20 minutes ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 1 hour ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 2 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।