Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेललाइप्जिगसँग हारबाट जोगियो बायर्न

लाइप्जिगसँग हारबाट जोगियो बायर्न


एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

लाइप्जिगको घरेलु मैदानमा भएको खेलमा बायर्न पहिलो हाफमा २–० गोलले पछि परेको थियो । खेलको २० औं मिनेटमा लोइस ओपेन्डाले गोल गर्दै लाईप्जिगलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, २६ औं मिनेटमा कास्टेलो लुकेवाले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा बायर्न खेलमा फर्कियो । ५७ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता १–२ मा झारे । ७० औं मिनेटमा लेरोइ सानेले गोल गर्दै बायर्नलाई २–२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

यो नतिजासँगै बायर्न ६ खेलबाट १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा समान खेलबाट १३ अंक जोडेको लाइप्जिग पाँचौं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

Techie IT