ISMT

HUB Education

यस्ता छन् रुनुका फाइदा...

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौं । बच्चा जन्मने वित्तिकै रुन्छ । यसको अर्थ उ स्वास्थ्य छ । वयस्क मानिस पनि परिस्थितीअनुसार दुःख वा सुखीमा रुने गर्छ । रुनु सामान्य प्रतिक्रिया हो । रुने मानिसलाई हाम्रो समाजमा कमजोर मुटु भएको संज्ञा दिइन्छ । तर, त्यसमा सत्यता छैन । अध्ययनका अनुसार आँसु झर्नु शरीर र दिमागका लागि निकै फाइदाजनक हुन्छ । 

अब जानौं, रुनुका फाइदाः

 

आँखा सफा राख्छः

रुदा तीन किसिमका आँसु गर्छन् । रिफ्लेक्स, लगातार झरिरहने र भावनात्मक आँसु । रिफ्लेक्स आँसु धुलो धुँवा आदिका कारण झर्छ । यसले आँखामा पसेका बस्तुलाई बाहिर निकाल्छ । निरन्तर झर्ने आँसुले आँखामा हुने संक्रमणबाट बचाउँछ । यसमा करिब ९८ प्रतिशत पानी हुन्छ । त्यस्तै, भावनात्मक आँसुमा तनाव हर्मोन र अन्य विषाक्त वस्तु बाहिर आउँछन् ।

 

पीडा कम गराउँछः

रुदा शरीरमा भएको ओक्सिटोकिन् र इन्डोजिनियस नामक पीडाको हर्मोन आँसुको माध्यमबाट बाहिर आउँछ । त्यसैले रोएपछि स्वतः पीडा कम हुन्छ । शारीरिक र भावनात्मक दुवै पीडालाई कम गर्न मद्दत गर्छ । पीडा भएको वेला रोएमा एकछिनमै शान्त महशुस गराउँछ ।

 

मुड राम्रो हुन्छः

शरीरमा म्याग्जिनको मात्रा बढी हुँदा थकाई लाग्ने, रिस उठ्ने, डराउने आदि समस्या देखिन्छन् । कहिलेकाँकी मस्तिष्कको तापममान एकदमै बढेर जान्छ । यसले मुड परिवर्तन गराउँछ । ठूलो स्वरले रुदा मस्तिष्कका नसामा सजिलै अक्सिजन पुग्छ । यसले तापमान कम गराउँछ ।

 

तनाव कमः 

रुनुको प्रमुख कारण तनाव हो । रुदा तनाव हर्मोन तथा अन्य रसायन सक्रिय हुने भएकाले आँसुको माध्यमबाट बाहिर निस्कन्छ । जसले गर्दा तनाव स्वतः कम हुन्छ । 

 

निद्रा पर्छः

विशेष गरी सुने बच्चामा राम्रारी निद्रा पर्छ । दिउँसोको समयमा बढी रुने बच्चा राति मज्जाले निदाउँछन् । जसले गदौ उनीहरु स्वस्थ्य रहन्छन् । त्यस्तै, रुदा वयस्कहरुमा पनि मन हलुङ्गो हुने, तनाव हराउने र मुड राम्रो हुने भएकाले निद्रा मज्जाले लाग्छ ।

 

यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 31 minutes ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

  • 55 minutes ago
गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई

इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

  • 58 minutes ago
इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।