हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

प्रतिकात्मक तस्बिर

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

 

मानिसहरुको रुने कारणहरु फरक–फरक हुन्छन् । तपाई के कारणले रुनुहुन्छ ? अर्थात् तपाईको आँखामा किन आँशु आउँछ । सामान्यतया पुरुष रोएमा राम्रो मानिँदैन । तर यस्ता थुप्रै मानिसहरु हुन्छन् जो एकदमै रुन्छन् । पहिलो प्रश्न यो रहेको छ कि पुरुष कम रुन्छन् भने यसको कारण के रहेको छ ? रुनुबाट के फाइदा हुन्छ ? यसका साथै सबैभन्दा ठूलो प्रश्न यो रहेको छ कि आखिर मानिस किन रुन्छ ? विभिन्न अनुसन्धानहरु यो बताउँछ कि पुरुषको तुलनामा महिला बढी रुन्छन् ।

 

मनोवैज्ञानिक विलियम फ्रेको १९८२ को अनुसन्धानका अनुसार महिलाहरु औषतमा महिनाको ५ पटक भन्दा बढी रुन्छन् । त्यहीँ उनीहरुको अनुपातमा पुरुषको महिनामा रुनु अनुपात दुई पटक पनि छैन । जब कुनै महिला रुन्छन् उनीहरु औसतमा ५ देखि ६ पटक रुने गर्छन् । उनीहरुको अनुपातमा पुरुषले रुनका लागि २ देखि ३ मिनेट खर्च गर्छन् ।

 

हल्याण्डका मनोवैज्ञानिक विंगरले रुनुमा थुप्रै अनुसन्धान गरेका छन् । उनी बताउँछन् कि पुरुष र महिलाबीच रुनुको फरक बाल्यकालदेखि नै आउँछ । यद्यपि जब शिशुको जन्म हुन्छ, चाहे महिला होस् या पुरुष दुवै बराबर रुन्छन् । नवजात शिशु यसकारण रुन्छन् ताकि आफ्ना आमा बाबुको ध्यान आफूतिर परोस् । तर यदि जब मानिस ठुलो हुन्छ तब कसरी महिला र पुरुषको रुने अनुपातमा फरक आउँछ ? जुन देशमा रुनुलाई नराम्रो मानिँदैन त्यहाँका मानिसहरु अत्यधिक रुन्छन् ।

 

तर रुनुलाई नराम्रो मान्ने देशमा भने मानिस कम रुन्छन् । विंगर ह्वाइट्सको रिसर्चमा एक अर्को अनौठो कुरा के रहेको छ भने धनी राष्ट्रमा मानिसहरु बढी रुन्छन् । यद्यपि विंगर यो ठान्दछन् कि समाजको साथसाथै टेस्टोस्टेरोन नामको हर्मोनको कारणले पनि हामी रुनुमा प्रभाव पार्छ । उनी यो बताउँछन् कि प्रोस्टेट क्यान्सरको शिकार भएका मानिसलाई उपचारको क्रममा जुन औषधि दिइन्छ, त्यस औषधिमा टेस्टोस्टेरोन कम हुन्छ ।

 

यसकारणले प्रोस्टेट क्यान्सरका बिरामीहरु धेरै रुन्छन् । यद्यपि तपाई यो पनि भन्न सक्नुहुन्छ कि उनीहरु यसकारण बढी रुन्छन् किनभने उनीहरुलाई क्यान्सर जस्तो प्राणघातक रोग लागेको छ । तर प्रश्न भने उही रहेको छ, हामी किन रुन्छौँ ? यसको जवाफ रहेको छ कि, हामीलाई थाहा छैन । सम्पूर्ण जीवहरुमा मानिसमात्र रहेको छ कि दुखी भएर रुने गर्दछ । पहिले भन्ने गरिन्थ्यो कि हात्ती पनि रुन्छ, तर अहिलेसम्म यसको कुनै बलियो प्रमाण छैन ।

 

हामीलाई थाहा छैन कि हामी दुखी हुँदा रुन्छौँ, तर कैयौं पटक खुसी हुँदा पनि हाम्रो आँखाबाट आँशु आउँछ । केही मानिसहरु बताउँछन्, कि मानिस सामाजिक प्राणी हो यसकारण कैयौं पटक रुँदै आफ्नो पिडा कम गर्छन् । तर यसको कुनै बलियो प्रमाण छैन । सायद चाहिनेभन्दा बढी भावुक भएर मानिस रुन थाल्छन् । विंगर आफ्नो रिसर्चबाट बताउँछन् कि मानिस रोएपछि आफूलाई हल्का महशुस गर्छन् । सन् २०१५ मा उनले केही मानिसहरुसँग केही विशेष फिल्म हेर्नका लागि आग्रह गरे । त्यसमा गरिएको अनुसन्धान अझैपनि रहस्य नै बनेको छ । यसमा अझै थुप्रै अनुसन्धानको आवश्यक रहेको छ ।


थप समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 21 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 34 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 38 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।