IIMS College

ISMT

HUB Education

विकिलिक्ससँग जोडिएकी अमेरिकी पूर्व गुप्तचर चेल्सी म्यानिङ जेलमुक्त

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकी एक सङ्घीय न्यायाधीशले बिहीबार सेनाका पूर्व गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई रिहा गर्ने आदेश दिएका छन् । म्यानिङ झण्डै एक वर्षदेखि जेलमा थिए । उनलाई ग्रान्ड जुरीसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि जेलमा राखिएको थियो । 

 

सरकारी वकीलहरुले ग्रान्ड जुरी विघटन गरिएको अदालतसमक्ष जानकारी गराएपछि अमेरिकी जिल्ला न्यायाधीश एन्थोनी ट्रेंगाले म्यानिङलाई जेलबाट रिहा गर्ने आदेश दिएका थिए ।  

अलेक्जान्ड्रिया प्रहरी कार्यालयले बिहीबार राति नै म्यानिङलाई जेलमुक्त गरिएको जनाएको छ । 

 

विकिलिक्सको समेत अनुसन्धान गरिरहेको ग्रान्ड जुरी समक्ष उपस्थित हुन अस्वीकार गरेको अभियोगमा म्यानिङमाथि २ लाख ५६ हजार अमेरिकी डलर जरिबाना गर्न न्यायाधीशले यसअघि आदेश दिएका थिए । उक्त जरिबाना प्रतिदिन एक हजार डलरका दरले हुनेगरी तोकिएको थियो । 

 

यसै मुद्दामा आगामी शुक्रबारका लागि तोकिएको सुनुवाई पनि रद्द गरिएको छ । म्यानिङले अलेक्जान्ड्रिया जेलमा आफूलाई राखिए पनि जबर्जस्ती बयान गराउन बाध्य बनाउन नसकिने दाबी गरिरहेका छन् । 

 

म्यानिङले गत बुधबार जेलमा छँदा आत्महत्या गर्ने प्रयास गरेको उहाँका वकीलहरुले दाबी गरेका छन् ।

 

विकिलिक्सको अनुसन्धान गरिरहेको ग्रान्ड जुरीसमक्ष बयान दिन इन्कार गरेको भन्दै अदालतको आदेशमा म्यानिङलाई गतवर्ष मे महिनादेखि जेलमा राखिएको थियो । सन् २०१९ मा पनि अर्को एक ग्रान्ड जुरी समक्ष बयान दिन अस्वीकार गरेको अभियोगमा उनलाई दुई महिना थुनामा राखिएको थियो । 

 

पछिल्लो ग्रान्ड जुरीको कार्यावधि अरु बढाइएको भए उनको जेल अवधि अरु छ महिना लम्बिने सम्भावना थियो । 

 

म्यानिङले यसअघि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई गोप्य वर्गीकृत सूचना दिएको आरोपमा सात वर्ष सैनिक कारागारमा बिताइसकेका छन् । असान्जमाथि अलेक्जान्ड्रिया अदालतमा एक अभियोग विचाराधीन अवस्थामा छ र बेलायतबाट अमेरिकामा प्रत्यर्पणका लागि प्रयास जारी छ । म्यानिङमाथि सुनाइएको ३५ वर्षको जेल सजाय तत्कालीन राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको शक्तिको प्रयोग गरी कटौती गरेका थिए । 

 

यो सम्भव छ कि अभियोजन पक्षले अर्को ग्रान्ड जुरी गठन गर्न सक्नेछन् र फेरि म्यानिङलाई बयानका लागि उपस्थित हुन अनुरोध गर्न सक्नेछन् । उनले बयान दिन अस्वीकार गरेको खण्डमा पुनः जेल सजाय हुन सक्छ । तर अभियोजकहरूले तत्काल ग्रान्ड जुरी गठन हुने वा नहुने बारे केही बताएका छैनन् । 

 

अभियोजकहरूले म्यानिङको रिहाईका बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 42 minutes ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 48 minutes ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 52 minutes ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।