बेहुलाले मदिरा सेवन गरेपछि

छप्रा, बिहार । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । 

 

रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । 

 

छोरीका बाबु त्रिभुवन साहले भने, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।” 

 

नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागिन् ।” 

 

दुबै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन् । 

 

अन्त्यमा, गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् । 

 

भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि अवैध मदिरा सेवनबाट मानिसहरुको मृत्यु समेत हुने गरेको छ । 


थप समाचार

धादिङमा तीन जना मोटरसाईकल चोर समातिए

  • 4 minutes ago
धादिङमा तीन जना मोटरसाईकल चोर समातिए

धादिङ । विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ प्रहरीले चोरीको मोटरसाईकल सहित उनीहरुलाई आईतबार सार्वजनिक गरेको हो ।

कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

  • 18 minutes ago
कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय,

यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

  • 22 minutes ago
यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रति



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

मधुमेह रोगीले के खाने–के नखाने ?

मधुमेह रोगीले के खाने–के नखाने ?

हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियामा कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि समस्या देखिन्छ, जसलाई चिनीरोग, अर्थात मधुमेह भनिन्छ । अर्थात प्यांक्रियजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरको कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।