विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

 

तर हेलो ट्राभलले गरेको एक अध्ययनले विश्वमा सबैभन्दा धेरै रक्सी पिउने राष्ट्रहरुको सुची निकालेको छ । आउनुहोस हेरौ कुन कुन राष्ट्रहरुमा सबैभन्दा धेरै रक्सी पिउँदा रहेछन् त 

 

१. बेलारुस

रक्सी पिउने राष्ट्रहरुमा बेलारुस पहिलो स्थानमा रहेको छ । एक वर्षमा एकजना व्यक्तिले सरदरमा १४.३७ लिटर पिउने गर्छन् । बेलारुसको राष्ट्रिय पिय पदार्थ क्रामबामबुला हो । यहाँका १७ प्रतिशत मानिसहरु बियर, ५ प्रतिशत वाइन, ४७ प्रतिशत स्पिरिट र अन्यमा ३१ प्रतिशत पिउने गर्छन् । अनुपातमा २७.५ प्रतिशत लिटर रक्सी महिलाले पिउँछन् भने ९.१ प्रतिशत महिलाले उपभोग गर्छन् । 

 

२. एण्डोरा

एण्डोरा दोस्रो स्थानमा रहेको छ । एक जना व्यक्तिले वार्षिक सरदरमा १३.३१ लिटर रक्सी पिउने गर्छन् । राष्ट्रिय पेय पदार्थ भने वाइन रहेको छ । ४५ प्रतिशत मानिसहरु वाइन पिउने गर्छन् । ३५ प्रतिशतले बियर, २० प्रतिशतले स्पिरिट पिउने गर्छन् । अनुपातमा १९.५ लिटर पुरुष र ८.२ प्रतिशत महिलाले रक्सी उपभोग गर्छन् । 

 

३. लिथुयानीया

धेरै रक्सी पिउने मानिसहरुको सुचीमा लिथुयानिया  । यो देशको एक जना व्यक्तिले एकवर्षमा सरदरमा १२.९ लिटर रक्सी पिउने गर्छन् । यहाँको राष्ट्रिय पिय पदार्थ मिडुस मिड रहेको छ । ४६ प्रतिशतले बियर, ३४ प्रतिशतले स्पिरिट, १२ प्रतिशते अन्य र ८ प्रतिशतले वाइन पिउने गर्छन् । अनुपातमा २४.४ लिटर प्रत्येक पुरुषले र ७.९ लिटर प्रत्येक महिलाले रक्सी पिउने गर्छन् । 

 

४. चेक रिपब्लिक 

चौथो स्थानमा रहेको चेकमा एक व्यक्तिले वार्षिक १२.६९ लिटर रक्सी सरदरमा पिउने गर्छन् । यहाँको राष्ट्रिय पिय पदार्थ बेचररोभका हो । ५४ प्रतिशतले बियर, २६ प्रतिशतले स्पिरिट, २० प्रतिशतले वाइन पिउने गर्छन् । अनुपातमा हेर्ने हो भने १८.६ लिटर पुरुषले र ७.८ लिटर महिलाले रक्सी उपभोग गर्छन् । 

 

५. ग्रिनाडा

पाँचौ स्थानमा रहेको ग्रिनाडामा एक वर्षमा एक व्यक्तिले सरदरमा १२.४ लिटर रक्सी पिउने गर्छन् । यहाँ राष्ट्रिय पेय पदार्थ रम हो । ३० प्रतिशतले बियर, ६६ प्रतिशतले स्पिरिट र ४ प्रतिशतले वाइन पिउने गर्छन् । अनुपातमा हेर्ने हो भने १७.९ लिटर पुरुषले र ७.३ लिटर महिलाले रक्सी उपभोग गर्छन् । 

 


थप समाचार

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 7 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

  • 8 hours ago
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।