महिला टी–२० : नेपालकाे विजयी सुरूवात, चीन १० विकेटले पराजित

फाइल फाेटाे
Education Park

काठमाडौँ । आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । 

 

आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । 

 

चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे । सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन् ।

 

यस्तै काजलले एक चौका प्रहार गरिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन बनाएको थियो । चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

 

चीनलाई ४८ रनमा समेट्ने क्रममा नेपालकी नेरी थापाले दुई र करुणा भण्डारीले तीन विकेट लिइन् । नेपालका लागि करुणाले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिइन् । नेरीले चार ओभरमा दुई ओभर मेडन राख्दै ६ रन मात्र दिएर दुई विकेट लिइन् । 

 

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । त्यस्तै सोमबार युएइ र बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

 

प्रतियोगितामा सहभागी हुन नेपाली महिला राष्ट्रिय टोली शुक्रबार त्यसतर्फ गएको हो । नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी थाइल्यान्ड गएका छन् । 

 

नेपाली टोलीमा रुविना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उप–कप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल तथा वैकल्पिक खेलाडीमा रितुकुमारी कनोजिया, सुमन विष्ट र सब्नम राई रहेका छन् ।


थप समाचार

भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

  • 15 minutes ago
भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

एजेन्सी । भारत र चीनसँग जोडिएको एक सुन्दर राष्ट्र हो भुटान । यस सानो हिमाली देशबारे थोरैलाई मात्र थाहा हुन सक्छ । आज हामी सुन्दर राष्ट्र भुटानबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौं ।

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

  • 19 minutes ago
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

काठमाडौँ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल

नेप्से परिसूचक ६ अंकले बढ्यो

  • 23 minutes ago
नेप्से परिसूचक ६ अंकले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेक



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।