विश्वकप विशेषः विश्वकपबारे राेचक कुराहरू !

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

एजेन्सी । केही महिना पछि रसियामा विश्वकप सुरु हुँदैछ । यसको माहौल विश्वभर विस्तारै तात्दैछ । विश्वकपका लागि ३२ टोलीको छनौट भइसकेको छ भने उनीहरु विश्वकपको तयारीमा पनि लागि सकेका छन् ।

 

उता विश्वकप आयोजक राष्ट्र रसियाले विश्वकपको सम्पुर्ण तयारी सकि सकेको छ । प्रत्येक चार वर्षमा हुने विश्वकपले विश्वभरका मानिसहरुलाई फुटबल खेलप्रतिमात्र केन्द्रित गराउने गर्छ । विश्वकप विश्वकै हालसम्मकै सबैभन्दा ठुलो इभेन्ट हो । यसकै कारण अन्तरदेशिय फ्यानहरु र खेलाडीहरुबीच ठुलै प्रतिस्पर्धा चल्ने गरेकोछ ।

 

एक महिनासम्म चल्ने विश्वकपबारे मिडियाले विभिन्न रेकर्ड, तथ्यहरु र कथाहरु बाहिर ल्याउने गर्छन् । 

 

विश्वकपबारे केही यस्ता अचम्म लाग्दा किस्साहरु रहेका छन् जसबारे फुटबल फ्यानहरुलाई पनि थाहा छैन । 

 

विश्वकप जारी रहँदा केही देशका प्रशिक्षकहरुले आफ्ना खेलाडीहरुलाई सेक्स गर्न प्रतिबन्ध लगाउने गर्छन् । जर्मनी, स्पेन, मेक्सिको, चिलीका प्रशिक्षकहरुले आफ्ना खेलाडीहरुलाई सेक्स गर्न प्रतिबन्ध गरेका थिए । प्रशिक्षकहरुका अनुसार सेक्सले खेलाडीहरुलाई भ्रमित पार्ने तथा खेलाडीहरुले इनर्जी कम गर्ने गर्छ । 

 

तर, ब्राजिलका प्रशिक्षक फिलिप स्कोलारीको भने फरक विचार रहेको छ । उनले खेलाडीहरुले सेक्स गर्न सक्ने तर एक्रोबेटिक सेक्स भने गर्न नसक्ने बताएका थिए । 

 

त्यस्तै अमेरिकाका प्रशिक्षक उर्गेन क्लिन्सम्यानले आफ्ना खेलाडीहरुलाई सेक्स गर्न प्रतिबन्ध नलगाएको बताएका थिए । 

 

विश्वका आधा जनसंख्याले विश्वकप हेर्ने गर्छन् । विश्वको जनसंख्या करिब ७.०५ बिलियन रहेको छ जसमध्ये आधा प्रतिशत मानिसहरुले विश्वकप हेर्ने गरेको तथ्य बाहिर आएको थियो । सन् २०१० को विश्वकपमा गरिएको एक अध्ययन अनुसार करिब ४६ प्रतिशत मानिसहरुले विश्वकप हेरेका थिए । 

 

फिफाका अनुसार यो विश्वकै सबैभन्दा धेरै लोकप्रिय र सबैभन्दा बढी हेरिने खेल हो । 

 

त्यस्तै दुई बिलियन मानिसहरुले करिब ३० मिनेट विश्वकप हेर्ने गरेको तथ्य बाहिर आएको थियो । 

 

सन् २०१० दक्षिण अफ्रिकामा भएको विश्वकपमा करिब ७ लाख ५० हजार लिटर बियर बिक्रि भएको थियो । यसको अर्थ ३१ लाख ७० हजार ६४ बटा बियर बिक्रि भएको थियो । 

 

त्यस्तै पुरुषहरुले ३ लाख ९० हजार ६०० हटडग आएका थिए । 

 

विश्कप विजेतालाई ३५ मिलियन डलर पाएको थियो । त्यस्तै दोस्रो हुने २५ मिलियन डलर पाएको थियो । सहभागि टोलीले ८ मिलियन डलर पाएका थिए । सन् २०१० को विश्वकपमा ४ बिलियन डलर आम्दानी भएको बताइएको थियो ।

 

विश्वकपका कारण जन्मदर बढेको तथ्य बाहिर आएपछि सबै आश्चर्यमा परेका थिए । सन् २००६ मा जर्मनीमा सम्पन्न विश्वकप पश्चात जर्मनीको जन्मदर १० प्रतिशतले बढेको थियो । नौ महिनापछि गरिएको उक्त अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको थियो । 

 

सन् २००६ को विश्वकप पश्चात युरोपियन युनियनको जन्मदरमा ०.७ ले परिवर्तन आएको थियो । तर जर्मनीको उक्त घटनाले भने युरोपियन युनियनको जन्मदर प्रतिशतमा भने खासै असर पारेन । 

 

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा हजारौ माइल्स पर स्टेडियमहरु रहेका थिए । एउटा स्टेडियमबाट अर्को सम्मको दुरी करिब २००० माइल पार गर्नु पर्ने थियो । 

 

सन् २०१४ मा भएको विश्वकप सबैभन्दा महँगो लगानीमा भएको विश्वकप मानिएको छ । विश्वकप आयोजना गर्नका लागि करिब १५ बिलियन डलर खर्चिएको बताइएको छ । 

 

सन् १९९४ (अमेरिका)–३० मिलियन डलर

सन् १९९८ (फ्रान्स)–३४० मिलियन डलर 

सन् २००२ (जापान–दक्षिण कोरिया)–५ बिलियन

सन् २००६ (जर्मनी)–६ बिलियन

सन् २०१० (दक्षिण अफ्रिका)–४ बिलियन

 

सबैभन्दा बढी विश्वकप युरोपियन देशहरुले जितेका छन् । उनीहरुले ५८.८ प्रतिशत खेल जितेका छन् । 

 

हालसम्मको कुल विश्वकपको आधा टोर्नामेन्टहरु दुई देशले जितेका छन् । ब्राजिल र इटालीले गरेर ९ पटक विश्वकप जितेका छन् । कुल १९ विश्वकपमा यी टोलीहरुले ४७ प्रतिशत खेल जितेका छन् । 

 

सन् १९५८ देखि २००२ सम्म ब्राजिलले पाँच पटक विश्वक जितेको छ । सन् १९३० बाहेक प्रत्येक विश्वकपमा ब्राजिल सहभागि रहेको छ । 

 

इटालीले चारपटक विश्वकप उपाधि उचालेको छ । इटालीले सन् १९३४ देखि २००६ सम्ममा चारवटा विश्वकप उचालेको हो । 

 

त्यसपछि विश्वकप जित्नेमा जर्मनी रहेको छ जसले ३ पटक उपाधि उचालेको छ । अर्जेन्टिना र उरुग्वेले दुईदुई पटक विश्वकप जितेका छन् । 

 

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् मिरास्लोभ क्लोज । उनले सन् २००२ देखि २०१४ सम्म खेलखेल्दा १६ गोल गरेका थिए । उनले ब्राजिलका खेलाडी रोनाल्डोको १५ गोलको रेकर्ड तोडेका थिए । 

 

सन् २००२ को विश्वकपमा टर्कीका खेलाडी हकन सुकरले ११ सेकेण्डमा गोल गरेका थिए । टर्कीले दक्षिण कोरियालाई ३–२ गोलले पराजित गरेको थियो । 

 

विश्वकपमा सबैभन्दा छिटो रातो कार्ड पाउने खेलाडी हुन् उरुग्वेका खेलाडी जोसे बाटिस्टा । उनले खेल भएको ५६ औ सेकेण्डमा नै रातो कार्ड पाएका थिए । 

 

के विश्वकप आयोजना गर्दैमा आयोजक देशको छवि सुध्रिएला त । विश्वकप आयोजक राष्ट्र ब्राजिलमा यो प्रश्नबारे अध्ययन गरिएको थियो । पियुले गरेको एक अध्ययनका अनुसार ३९ प्रतिशत मानिसहरुले देशको छबिमा बिग्राने बताएका थिए । त्यस्तै ३५ प्रतिशतले छबि राम्रो बन्ने बताएका थिए । २३ प्रतिशतले यसले कुनै असर नगर्ने बताएका थिए भने ३ प्रतिशतले थाहा नभएको बताएका थिए । 

 

 

   

 


थप समाचार

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 1 hour ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 8 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 8 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।