विश्वकपको अन्तिम १६ को पहिलो खेलः अर्जेन्टिनाले फ्रान्सलाई पछार्ला त ? यस्तो छ इतिहास

काठमाडौँ ।  विश्वकपको समूह सीको विजेता बनेको फ्रान्सले समूह डीको उपविजेता अर्जेन्टिनासँग क्वार्टरफाइनलमा स्थान बनाउनको लागि प्रतिस्पर्धा गर्दैछ ।

 

काजान एरिनामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा विश्वको आँखा हुनेछ । अझै बार्सिलोनाका समर्थकहरुको लागि त यो खेलले अझै महत्व राख्छ । 

 

किनकी फ्रान्सको टिममा दुई जना बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने खेलाडी स्यामुअल उम्टीटी र ओस्माने डेम्बेले रहेका छन् भने अर्जेन्टिनाबाट लियोनल मेसी रहेका छन् ।खेल नक आउट चरणमा पुगिसकेकोले निकै प्रतिस्पर्धा हुनेछ किनकी हार्ने टिमको विश्वकप यात्रा समाप्त हुनेछ ।

 

यहाँ हामीले फ्रान्स र अर्जेन्टिनाबीचको प्रतिस्पर्धाबारे केही जानकारी ल्याएका छौं ।

 

– फ्रान्स र अर्जेन्टिना १२ औं पटक भिड्न लागेका हुन् । खेलमा अर्जेन्टिना अब्बल देखिएको छ । अर्जेन्टिनाले ६ खेलमा जित, ३ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेको छ भने ८ खेलमा क्लिन सिट राखेको छ ।

 

– विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई २ पटक पराजित गरेको छ । सन् १९३० मा १–० गोलले तथा १९७८ मा २–१ गोलले अर्जेन्टिना विजयी भएको थियो । दुबै समय अर्जेन्टिना फाइनलमा पुगेको थियो तर, सन् १९३० मा फाइनलमा युरुग्वेसँग हारेको थियो भने सन् १९७८ मा उपाधि जितेको थियो ।

 

– सन् १९७८ मा अर्जेन्टिनाले पराजित गरेपछि फ्रान्स दक्षिण अमेरिकी टिमसँग पराजित भएको छैन । त्यसपछिको विश्वकपको ८ खेलमा फ्रान्सले दक्षिण अमेरिकी राष्ट्रसँग ४ खेलमा जित तथा ४ खेलमा बराबरी खेलेको छ ।

 

– अर्जेन्टिनाले खेलको १३ औं विश्वकपमध्ये १२ वटामा समूह चरण पार गरेको छ । सन् २००२ को विश्वकपमा भने त्यसो हुन सकेन । अर्जेन्टिनाले खेलेको नकआउट चरणमध्ये ४ खेलमा ३ गोल भएका छन् । जसमध्ये २ गोल अर्जेन्टिनाले हानेको छ भने १ गोल खाएको छ ।

 

– पेनाल्टी सुट आउटमा पराजित भएको बाहेक फ्रान्सले ११ खेलमध्ये १ मात्रै नकआउट खेलमा पराजित भएको छ । सन् २०१४ को विश्वकपमा जमर्नीले फ्रान्सलाई नकआउट चरणमा जितेको थियो ।


थप समाचार

आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

  • 3 minutes ago
आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

काभ्रेपलाञ्चोक । पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।

मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

  • 19 minutes ago
मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । मेलमिलाप कार्यलाई थप प्रभावाकारी बनाउन मेलमिलापकर्ताहरुको दोश्रो राष्ट्रिय सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा एक प्रदेशबाट तीन जना उपप्रमुख/उपाध्यक्ष रहनेग

मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

  • 24 minutes ago
मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

काठमाडौँ । एफएम सञ्चालनका लागि निर्माण गरेको कानून बुझाउन सञ्चार सूचना तथा प्रविधि मन्त्रालायले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायबाट सातसय ५३ वटै स्थानीय तह



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।