के बेल्जियमले जित्ला त विश्वकप ? यस्तो छ नालीबेली

  • बिहीबार, १७ जेष्ठ, २०७५
  • 7 months ago
  • खेल

बेल्जियमः यसपटक बेल्जियमलाई पनि विश्वकप दाबेदारको रुपमा लिइएको छ । फुटबल विश्लेषकहरु बताउँछन् स्टाइकर, मिडफिल्डर्स तथा स्टाइकरहरु सबै फर्ममा रहेका छन् ।

 

सन् २०१४ को विश्वकपमा अर्जेन्टिनासँग पराजित हुँदै बेल्जियम बाहिरिएको थियो । तर, यसपटक भने फाइनलसम्म पुग्ने लक्ष्य लिएको बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् । सह प्रशिक्षक थिएरी हेनरी पनि बेल्जियमले यसपटकको विश्वकपमा राम्रै नतिजा ल्याउने बताएका छन् ।

 

ग्रुप जीमा बेल्जियमले इंल्याण्ड, पनामा, ट्युनिसियासँग आमनेसामने गर्नेछ । 

 

विश्वकप इतिहास

 

विश्वकपमा उपस्थितिः १२ पटक

पछिल्लो विश्वकपः क्वाटरफाइनल २०१४

 

रोस्टर

 

बेल्जियमले विश्वकपका लागि अन्तिम २३ खेलाडीको छनोट प्रक्रिया पुरा गरेको छ । विश्वकपको लागि बलियो टोली मानिएको बेल्जियमले यस पटकको विश्वकपमा नयाँ छलाङ मार्ने विश्वास लिइएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले फिट एण्ड फाइनल खेलाडी छनोट गरेको बताएका छन् ।

 

किपरःथाइबाउट कोर्टोउवा, सिमोन मिङ्नोलेट, माट्ज सेल्स, कोयन कास्टिल्स

 

डिफेन्डरःटोबी एल्डरवियल्र्ड, ड्याडरिक बोयन्टा, लिन्डर डेनडोन्कर, लोउरेन्ट सिमान, क्रिस्टियन काबासेले, भिन्सेन्ट कोम्पनी, जोर्डन लुकाकु, थोमास मुइनिर, थोमास भर्माइलिन, जान भर्टोगेन

 

मिडफिल्डरःयानिस कारास्को, केभिन डी ब्रुयना, नासिर केहिल, मोउसा डेम्बेले, मारुयान फेलानी, इडेन हाजार्ड, थोर्गान हाजार्ड, आडनान जानुजा, ड्राइज मेर्टिन्स, युअरी टिलिमन्स, एक्सेल विट्सेल

 

फरवार्डः मिची बात्सुइ, क्रिस्टियन बेनटेके, रोमेलु लुकाकु ।

 

उत्कृष्ट खेलाडी

 

यसपटक भने दुई खेलाडी निकै चर्चामा रहने फुटबल विश्लेषकहरु बताउँछन् । केभिन डि ब्रुने र इडिन हजार्ड । म्यानचेस्टर सिटी र चेल्सीबाट खेल्दै आइरहेका यी खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।

 

सिटीलाई प्रिमियर लिग उपाधि जिताउन प्रमुख भुमिका खेलेका डि ब्रुनेले विश्वकप उपाधिका लागि पनि महत्वपुर्ण भुमिका खेल्ने अनुमान गरिएको छ । चेल्सीलाई एफए कपको उपाधि जिताउ सकेका इडिन हजार्ड उच्च फर्ममा रहेका छन् ।  

 

हेर्न लायकका खेलाडी

यो पटकको विश्वकपमा को स्टाइकरले कस्तो खेल प्रदर्शन गर्ने हो सबैको चासोको विषय बनेको छ । इडिन हजार्ड, लुकाकु र क्रिस्टियन बेनटेके र मिची बात्सुइ जस्ता खेलाडीहरु रहेका छन् । प्रशिक्षकको रोजाइमा को खेलाडी पर्छन् त्यो भने सबैको चासोको विषय बनेको छ । 

 

आउट लुक

 

चर्चित खेलाडीहरु भएर पनि विश्वकपमा बारम्बार चुक्ने गरेको टोलीको बेल्जियम । यसपटकको विश्वकपमा भने बेल्जियमले आफुमाथि लागेको दाग हटाउने बेला आएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजमाथि पनि त्यत्तिकै दबाब रहेको छ । 

 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 4 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।