यी हुन् विश्वकै सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा दिने देशहरु

काठमाडौँ । नेपाली जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउन अझै सकिरहेका छैनन् ।

 

दुरदराजमा रहेका नेपालीहरुले अझै सिटामोलसम्म पनि पाउन सकिरहेका छैनन् । स्वास्थ्य क्षेत्रमा चरम राजनीति आम नेपाली जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा विदेशमा गएर उपचार गर्ने देशका उच्च तह कारण देशको स्वास्थ्य क्षेत्रलाई नराम्रो प्रभाव पारेको देखिन्छ । 

 

हामीले आज विश्वमै उत्कृष्ट स्वास्थ्य सेवा दिने देशहरुको सुची बनाएका छौ । 

 

‘द लेगाटम इन्सिट्युट’, लण्डनमा रहेको यो अनुसन्धान इन्सिट्युटले आफ्नो १० औ वार्षिक ग्लोबल प्रोस्पेरिटी इन्डेक्स, एउटा ठुलो सर्वे सार्वजनिक गरेको थियो । उक्त सर्वेलाई आधार मानेर विश्वकै उत्कृष्ट स्वास्थ सेवा दिने देशहरुको सुची सार्वजनिक गरिएको थियो । 

 

उक्त संस्थाले १०४ वटा भेरिएबलहरुलाई आधार मानेर अध्ययन गरेको थियो । त्यसमध्ये नौ वटा सह–इन्डेक्सहरु रहेका थिए । 

 

यो अध्ययनमा सुची तयार पर्दा प्रमुख तत्व ‘कुन देशका नागरिक कति स्वस्थ छन्’ रहेको थियो । 

 

स्वास्थ्यलाई प्रमुख तीन तत्वका आधारमा मापन गरिएको थियो । जसमा देशको आधारभुत मानसिक र शारिरीक स्वास्थ्य, स्वास्थ्य संरचना र रोकथाम र उपचारका लागि उपलब्ध सामाग्रीहरु रहेका थिए । 

 

यस अध्ययनको अन्त्य सम्म आइपुग्दा केही अचम्म लाग्दा निष्कर्षहरु निस्किए । विश्वमै स्वास्थ्य सेवाका लागि प्रख्यात मानिएको देश ब्रिटेनले उक्त सुचीमा स्थान बनाउन सकेन । 

 

हेरौ विश्वकै उत्कृष्ट स्वास्थ सेवा भएका देशहरुको सुची

१३. क्यानडाः सन् १९८४ मा क्यानडाले हेल्थ सम्बन्धि कानुन पास गर्यो जसमा सुलभ र फ्रिममा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरालाई प्रमुखताका साथ राखिएको थियो । जसलाई मेडिकेयरको नामले पनि बुझिन्छ ।

 

क्यानडाको स्वास्थ्य सेवा राम्रो नभएतापनि पछिल्लो समय भने यसले निकै सुधार गरेको मानिन्छ ।

 

१२. कतार–विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा दिने देशमा कतार पनि आउँछ । उसले पछिल्ला वर्षहरुमा ‘युनिभर्सल हेल्थकेयर सिस्टम’  पुरै देशभर लागु गरेको छ । 

 

११. फ्रान्स–विश्वकै सबैभन्दा गुणस्तरीय स्वास्थ्य सेवा फ्रान्सका जनताले उपभोग गर्दै आइरहेको विभिन्न तथ्याङ्कले देखाउँदै आइरहेको छ । यो देशका नागरिकहरुको औसत आयु ८२ वर्ष रहेको छ । 

 

१०. नर्वे–नर्वे स्काण्डिभियन देश भएपनि यो देशले गुणस्तरीय स्वास्थ्य सेवा दिदै आइरहेको छ । ‘ग्लोबल क्वालिटी अफ लाइफ’ को सचुीमा यो देश निकै राम्रो स्थानमा रहेको छ । यसको कारण पनि नागरिकले पाएको उत्कृष्ट स्वास्थ्य सेवा नै हो । यो देशका १६ वर्ष मुनिका बालबालिकाहरुलाई पुर्ण निशुल्क स्वास्थ सेवाको व्यवस्था रहेको छ । 

 

विश्वमै यो देशले स्वास्थ सेवामा प्रतिव्यक्ति सबैभन्दा धेरै खर्च गर्दै आइरहेको छ । 

 

९. बेल्ज्यिम–यो देशका नागरिकको औसत आयु ८१.१ वर्ष रहेको छ । यो देशमा युनिभर्सल हेल्थकेयर रहेको छ । तर, नागरिकलाई स्वास्थ्य विमा पनि अनिवार्य गर्न लगाइएको छ । 

 

८. जर्मनी–बियर र ससेजका पारखी जर्मनहरु विश्वकै स्वस्थ मानिसहरुमा पर्छन् । यो देशका नागरिकको औसत आयु ८१ वर्ष रहेको छ । 

 

७. इजरायल–मिडल इस्टर्न स्टेटमध्ये सबैभन्दा उच्च सुचीमा रहेको देश हो इजरायल । यो देशका नागरिकको औसत आयु ८२.५ वर्ष रहेको छ । यो औसत आयु हुने देशहरुको सुचीमा आठौ स्थानमा पर्छ । 

 

६. हङकङ– सानो सिटी–स्ेटट हङकङमा ११ वटा प्राइभेट र ४२ वटा पब्लिक हस्पिटलहरु रहेका छन् जसले ७.२ मिलियन नागरिकहरुलाई सेवा दिदै आइरहेका छन् । सन् २०१२ को तथ्याङ्क अनुसार हङकङका महिलाहरुको औसत आय विश्वै सबैभन्दा धेरै थियो । 

 

५. स्वीडेन–गुणस्तर जीवन र स्वास्थ्य सेवामा स्वीडेनले सबैभन्दा धेरै अंक पाउन सफल रहेकोछ  । यो देशका नागरिकको औसत आयु ८०.७ वर्ष रहेको छ । विश्वकै सबैभन्दा धेरै औसत आयु हुने देशको सचुीको चौथो स्थानमा स्वीडेन रहेको छ । 

 

४. नेदरल्याण्ड–सन् २०१५ मा नेदरल्याण्डले वार्षिक युरो हेल्थ कन्जुमर इन्डेक्समा पहिलो स्थान हासिल गरेको थियो । यस देशले हेल्थ केयर सिस्टमा १००० मा ९१६अंक प्राप्त गरेको थियो । 

 

३. स्वीजरल्याण्ड–धनी, सुन्दर, विश्वसनिय स्वास्थ सेवाका लागि परिचीत छ स्वीजरल्इाण्ड । यसले प्रदान गर्ने सबै खाले स्वास्थ्य सेवा विश्वस्तरीय रहेको छ । साथै सबै नागरिकलाई स्वास्थ्य विमा गर्न अनिवार्य नियम बनाएको छ । 

 

२. सिंगापुर– अर्को सानो देश जसले प्रोसपेरिटी इन्डेक्सको हेल्थ सब–इन्डेक्सको उच्च स्थानमा रहेको छ । यो देशका नागरिकको औसत आयु ८३.१ वर्ष रहेको छ ।

 

१. लक्जेमबर्ग– पहिलो स्थानमा रहेको छ लक्जेमवर्ग । बेल्ज्यिम, फ्रान्स, जर्मनी जस्ता देशहरुबीच रहेको यो धनी देश लेगाटम इन्सिट्युट हेल्थको सब–इन्डेक्सको पहिलो स्थानमा रहेको छ । यो देशका नागरिकको औसत आयु ८२ वर्ष रहेको छ ।  

 


थप समाचार

बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

  • 45 minutes ago
बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भ

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 9 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 9 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।