विश्व हेलिकप्टर प्रतियोगिता शुरु

मिन्स्क, बेलारुस। बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । 

 

मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६ औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ । 

 

यहाँ सबैभन्दा धेरै पाइलटको समूह रुसले पठाएको छ । रुसबाट १३ जना हेलिकोप्टर पाइलट र चालक दलका सदस्य रहेका छन् । 

 

आयोजकका अनुसार सो प्रतियोगितामा बेलारुस, पोल्याण्ड, अष्ट्रिया, जर्मनी, चीन र युक्रेनको सहभागिता रहेको छ । यसक्रमा उडानका विभिन्न कला, नाविक विधा, विभिन्न खालका उडान र सुरक्षित अवतरणजस्ता सीपको बारेमा प्रतिस्पर्धा हुनेछ । 

 

यो प्रतिस्पर्धा सकिएपछि यही जुलाई २८ देखि २९ सम्म प्रतिस्पर्धास्वरुप वार्षिक उडान महोत्सव पनि आयोजना गरिएको छ । यस महोत्सवमा बेलुन र साना उडानको पनि प्रतिस्पर्धा गरिने छ । यस्तो प्रतिस्पर्धा हरेक वर्ष आयोजना हुने गरेको छ । 

 


थप समाचार

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 1 hour ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प

आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

  • 1 hour ago
आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका

बेलायतबासी सर्जक कुमार केसीको शब्दमा प्रमोद खरेलले गाए मर्मस्पर्शी गीत (भिडियो)

  • 1 hour ago
बेलायतबासी सर्जक कुमार केसीको शब्दमा प्रमोद खरेलले गाए मर्मस्पर्शी गीत (भिडियो)

बेलायतमा बस्दै आएका सर्जक कुमार केसीको शब्दमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको निकै मार्मिक गीत सार्वजनिक भएको छ । ‘सपनीमा देखें आमा’ बोलको उक्त गीत म्युजिक नेपालले हालै युट्युब मार्फत सार्वजनिक



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।