नब्बे घण्टा दुई मिनेट भाषण गरेर विश्व रेकर्ड कायम गर्ने केसी सम्मानित

काठमाडौँ । लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई आज सम्मान गरिएको छ । 

 

व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गरेको हो । 

 

कार्यक्रममा वर्ल्ड रेकर्डको प्रमाणपत्रसमेत सार्वजनिक गरिएको थियो । केसीले गत भदौ ११ देखि १५ गतेसम्म लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर वर्ल्ड रेकर्ड कायम गरेका थिए ।  

 

केसीले प्राप्त गरेको प्रमाणपत्रमा लगातार ९० घण्टा दुई मिनेट भाषण गरी नयाँ वर्ल्ड रेकर्ड कायम गरेकाले सो प्रमाणपत्र प्रदान गरिएको उल्लेख छ । 

 

नुवाकोट शिवपुरी गाउँपालिका–१ का केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई तोडेका हुन् । 

 

न्यू माइण्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इस्टपोल स्कूलमा वक्तव्य दिएको थियो । नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्तका गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी आध्यात्मिक साधकसमेत हुन् । 

 

केसीले २१ दिन जल उपवास र ६ महिना मौन ध्यान साधना पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा सो अभियानमा केसीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका ५० भन्दा बढीलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । 


थप समाचार

के तपाईलाई थाहा छ ? चोरीको सुराकी दिनेले यस्तो पुरस्कार पाउँछन् नि

  • 4 minutes ago
के तपाईलाई थाहा छ ? चोरीको सुराकी दिनेले यस्तो पुरस्कार पाउँछन् नि

काठमाडौँ । कुनै मालवस्तु चोरी निकासी–पैठारी गर्न लागेको वा गरेको कुराको सुराक दिनेलाई नेपाल सरकारले पुरस्कारको व्यवस्था छ । सुराक दिएको कुरा साँचो भएको र प्रमाणित हुन आएमा र तत्सम्बन्धी मुद्दाको अन्ति

मेक्सिकोमा २० वटा नयाँ तेलकुवा विकास गरिने

  • 5 minutes ago
मेक्सिकोमा २० वटा नयाँ तेलकुवा विकास गरिने

मेक्सिको सिटी । मेक्सिको सरकारले यसै वर्ष मेक्सिको खाडी र त्यस वरपर नयाँ २० वटा तेल खानीको विकास गरिने घोषणा गरेको छ ।

युएईले आफ्ना नागरिकका लागि ३० हजार रोजगारी सिर्जना गर्ने

  • 9 minutes ago
युएईले आफ्ना नागरिकका लागि ३० हजार रोजगारी सिर्जना गर्ने

दुबई । संयुक्त अरब इमिरेट्सले यस वर्ष आफ्ना नागरिकका लागि निजी क्षेत्रमा ३० हजार रोजगारी सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

खतरनाक रोग क्यान्सरका विभिन्न रूप हुन्छन् । जस्तै, ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन ।

विचित्र विश्व

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।