IIMS College

ISMT

HUB Education

विचित्र व्यक्तिहरुः कोहीले सिङ्गै विमान खाए, कोही ३० वर्षदेखि सुतेकै छैनन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा यस्ता कैयौँ विचित्रका मानिसहरु छन् जसको बारेमा सुन्दा हामीलाई अनौठो लाग्छ । यस्ता विचित्रका मानिसहरु मध्ये कोही तीन दशकभन्दा बढी सुतेका छैनन् त कसैले सिङ्गै विमान खाएका छन् ।

 

यी हुन् विश्वका सबैभन्दा १० विचित्रका मानिसहरुः

 

हाइनोक

थाइल्यान्डका ६४ वर्षिया नोकलाई हाइनोक नामले चिनिन्छ । उनले नसुतको तीन दशक भयो । उनी सन् १९७३ मा एक रात सुत्न नसकेपछि त्यसपछि लगातार ११ हजार ७ सय रात सुतेका छैनन् ।

 

सन्जुभगत

नागपुर भारतका सन्जु भगतको पेट धेरै ठूलो थियो । त्यसकारण उनलाई धेरै गाह्रो हुन थाल्यो । सन् १९९९ मा डाक्टरले उनको पेटको अपरेसन गरेका थिए । त्यति बेला थाहा भयो कि उनको पेटमा उनको जुम्ल्याहा भाइ रहेछ । यस्तो विचित्रको मेडिकल अवस्था धेरै दुर्लभ हुन्छ । जहाँ एक भ्रुण अर्को भ्रुण भित्र फसेको हुन्छ र त्यो आफ्नो होस्टको परजीविको रुपमा बाँचिरहन्छ र पछि होस्टलाई नै असर पुर्याउन सक्छ ।

 

सोइची योकोइ

सोइची योकोइ एक जापानी सैनिक थिए । उनी दोस्रो युद्धको बेलामा गुआम टापुमा खटाइएका थिए । सन् १९४४ मा अमेरिकी सेनाले त्यो टापु कब्जा गर्यो र उनी लुके । उनी विश्वयुद्द सकिएको २८ वर्षसम्म पनि त्यही टापुमा जंगलको भुमिगत गुफामा लुकिरहे । सन् १९७२ मा योकोइलाई त्यस टापुका दुई बासिन्दाले भेटे र पछि जापान फर्काइए ।

 

मेहरान करिमी नासेरी

मेहरान करिमी नासेरी एक इरानी शरणार्थी हुन सन् जो १९८८ देखि फ्रान्सको चाल्र्स डे गल्ले एअरपोर्टको टर्मिनलवानमा बसिरहेका छन् । उनी आफ्नो देशबाट निकालिएपछि उनले धेरै युरोपियन देशहरु सँग शरण मागे तर कसैले उनलाई शरण दिएनन् ।

 

मातायोशी मित्सुओ

मातायोशी मित्सुओ एक सनकी जापानी राजनीतिज्ञ हुन् । आफैलाई भगवान् जिसस क्राइस्ट ठान्छन् । उनको कार्यक्रमअनुसार उनले आफ्नो अन्तिम निर्णय क्राइस्टले झै सुनाउने छन् जब उनी जापानी प्रधानमन्त्री बन्नेछन् । उनले धेरै निर्वाचनहरुमा भाग लिए पनि कहिल्यै जितेका छैनन् ।

 

लाल बिहारी

लाल बिहारी भारतको उत्तर प्रदेशका एक किसान हुन् जसलाई सन् १९७६ देखि १९९४ सम्म मृत घोषित गरिएको थियो । सन् उनको काकाले उनको जमिन हत्याउनको लागि सरकारी कर्मचारीलाई घुस खुवाएर उनको मृत्यु दर्ता गरेको उनले पछि मात्रै थाहा पाए । त्यसपछि उनले मैत्रिक संघ खोले जहाँ उनीजस्तो अफिसियल मृत घोषित भएका २००० जना सदस्य छन् र उनीहरु आफू जिवित रहेको प्रमाणित गर्न लडिरहेका छन् ।

 

डेभिड इके

पूर्व फुटबल खेलाडी तथा बिबिसी टेलिभिजनका कार्यक्रम प्रस्तोता डेभड इके सन् १९९० देखी एक अनुसन्धान गरिरहेका छन् जो मान्छन कि यो विश्व सरिसृप मानवहरुले नियन्त्रण गरेका छन् । उनकाअनुसार जर्ज डब्लु बुस, बेलायती महारानी एलिजाबेथ द्धित्तिय, क्रिस क्रिस्टोफरसन सरिसृप मानवहरुका वंशज हुन् । उनले आफ्नो तर्क प्रस्तुत गर्दै १५ वटा किताबहरु लेखेका छन् ।

 

डेभिड एलेन बडेन

डेभिड एलेन बडेन एक अमेरिकी नागरिक हुन जो आफैले घोषणा गरेको पोप माइकल प्रथम हुन् । पछिल्लो समयमा निर्वाचित ६ जना पोपहरु अयोग्य भएको भन्दै उनलाई आफु र आफ्नो बुबाआमा सहित ६ जनाले सन् १९९० मा पोप घोषणा गरेका हुन् ।

 

योसिरो नाकामात्सु

जापानका योसिरो नाकामात्सु उर्फ डा नाकामात्स त्यस्ता आविष्कारक हुन जसले ३ हजार भन्दा बढी चिजहरु आविष्कार गरेका छन् । उनले लगातार ३४ वर्षसम्म आफुले खाएका सबै खानाहरुको फोटो खिचेर अनुसन्धान गरेका छन् ।

 

मिचेल लोलिटो

मिचेल लोलिटा एक फ्रान्सेली व्यक्ति हुन् जसले सिङ्गै विमान खाएका छन् । उनी हामीले खान नसक्ने सबै चिजहरु खाइदिन्छन् । उनले विभिन्न धातुहरु, सिसा, रबर, टेलिभिजन, साइकल र सिङ्गै विमान खाएका छन् । उनलाई उक्त विमान खाइ सक्न सन् १९७८ देखी १९८० सम्म दुई वर्ष लागेको थियो ।


थप समाचार

विश्वका ५ अनौठा झरनाहरु

  • 55 seconds ago
विश्वका ५ अनौठा झरनाहरु

एजेन्सी । पानीको झरनाहरु तपाईले सायद देख्नुभएको होला । तर तपाईलाई अचम्म लाग्न सक्छ विश्वमा यस्ता कैयौँ झरनाहरु रहेका छन् जुन अनौठा विशेषताहरुले गर्दा विश्वमा चर्चीत छन् । ती ५ अनौठा झरनाहरुबारे थप चर्

प्रचण्डका नातिहरुबीच एकअर्काप्रतिको प्रेम (फोटोफिचर)

  • 2 minutes ago
प्रचण्डका नातिहरुबीच एकअर्काप्रतिको प्रेम (फोटोफिचर)

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुईजना नातिहरु रहेका छन् । जेठो नाति प्रसिद्ध दाहाल प्रचण्ड पुत्र स्व. प्रकाश दाहाल र सिर्जना त्रिपाठीपट्टिक

अभिनेत्री पुजा शर्माका बोल्ड तस्बिरहरु

  • 16 minutes ago
अभिनेत्री पुजा शर्माका बोल्ड तस्बिरहरु

एजेन्सी । नेपाली फिल्मकी चर्चीत अभिनेत्री हुन् पुजा शर्मा । उनको जन्म सन् १९९४ अप्रिल ३० मा सिन्दुपाल्चोकमा भएको हो ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

विश्वका ५ अनौठा झरनाहरु

विश्वका ५ अनौठा झरनाहरु

एजेन्सी । पानीको झरनाहरु तपाईले सायद देख्नुभएको होला । तर तपाईलाई अचम्म लाग्न सक्छ विश्वमा यस्ता कैयौँ झरनाहरु रहेका छन् जुन अनौठा विशेषताहरुले गर्दा विश्वमा चर्चीत छन् । ती ५ अनौठा झरनाहरुबारे थप चर्चा गरौं ।