नेप्से साढे ३९ अङ्कले बढ्यो
काठमाडौँ। आज बुधबार शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ। हिजो मङ्गलवार साढे १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव शून्य छ विन्दुमा पुगेको छ।
सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ। आज सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ।
आज ५१ लाख ४४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको
काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन
सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु
काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी