बेलायतकै सबैभन्दा 'खराब' एअरपोर्ट

  • शुक्रबार, ८ भदौ, २०७५
  • 4 months ago
  • युके
लण्डन लुटन एअरपोर्ट

 

लण्डन । यात्रुहरुको सन्तुष्टीको आधारमा बेलायतका एअरपोर्टहरुमध्ये 'लण्डन लुटन एअरपोर्ट' सबैभन्दा खराब देखिएको छ । 

 

हालै सार्वजनिक 'ह्विच?' नामक अध्ययनको प्रतिवेदनअनुसार लुटन एअरपोर्ट पछिल्ला ३ वर्षदेखि लगातार बेलायतको सबैभन्दा खराब एअरपोर्टका रुपमा कायम छ । 

 

ब्यागेजका लागि लाइन, पसलहरु, बस्ने सिटिंग एरिया, शौचालय, स्टाफ लगायतका विषयमा यात्रुहरुको सन्तुष्टीका आधारमा लुटन एअरपोर्ट सबैभन्दा पुछारमा परेको हो । सन् २०१८ को मे महिनासम्मको एक वर्षको अवधिलाई आधार मानेर यो अध्ययन गरिएको हो । 

 

सो अध्ययनका अनुसार लुटन एअरपोर्टले यात्रुहरुको सन्तुष्टीका लागि मात्र ३५ प्रतिशत अंक प्राप्त गरेको छ । एअरपोर्टका उक प्रवक्ताले भने आफुहरुको सुविधाबाट ७० प्रतिशत यात्रु खुशी रहेको दाबी गरेका छन् । 

 

अध्ययनले बेलायतमा यात्रुहरुको सन्तुष्टीका हिसाबले सबैभन्दा उत्कृष्ट डंकास्टर सेफिल्ड एअरपोर्टलाई देखाएको छ । जहां यात्रुहरुको सन्तुष्टी सबैभन्दा उच्च ८७ प्रतिशत पाइएको छ । 

 

यात्रुहरुको सन्तुष्टीको आधारमा बेलायतका सबैभन्दा उत्कृष्ट ५ एअरपोर्ट : 

१ डंकास्टर सेफिल्ड (८७ प्रतिशत)

२ लण्डन साउथ एण्ड (८४ प्रतिशत)

३ न्यूकासल (७४ प्रतिशत)

४ सााउथ ह्याम्पटन (७३ प्रतिशत)

५ एक्जिटर ( ७२ प्रतिशत )

 

यात्रुहरुको सन्तुष्टीको आधारमा बेलायतका सबैभन्दा खराब ५ एअरपोर्ट

१ लण्डन लुटन ( ३५ प्रतिशत)

२ लण्डन स्टयानस्टिड ( ४४ प्रतिशत)

३ म्यान्चेस्टर टर्मिनल ३ (४४ प्रतिशत)

४ म्यान्चेस्टर टर्मिनल १ (४६ प्रतिशत)

५ एबर्डिन (४९ प्रतिशत)

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।