लेखकको कथा

‘तपाई आज कथा, कविता वा लेख नलेख्ने ?’ 

 

‘तिमीलाई म हरेक दिन कथा, कविता वा लेख लेख्न सक्छु, जस्तो लाग्छ ?’ 

 

‘हैन, हैन । आज तपाईको मुड केही लेख्ने जस्तो देखेको छु ।’ 

 

‘कस्तो मुड ?’ 

 

‘भावुक वा गम्भिर ।’

 

हामी पति पत्नी बिचको यही संवादबाट आजको यो लेख सुरु गर्दैछु ।

 

मलाई करिब २७ वर्षदेखि भोगेकी मेरी धर्म पत्नीलाई म गम्भिर मुडमा भएको बेला कथा, कविता वा अरु लेख रचना लेख्छु लास्तो लागेको रहेछ । मलाई अरु केही शुभचिन्तकहरुले पनि मेरो लेख्ने समय, लेख्ने बानी र विषयवस्तुको बारेमा प्रश्नहरु गर्नुहुन्छ । यो स्वाभाविक पनि हो ।

 

मेरी पत्नीले मेरो लेख्ने मुडको बारेमा जे बुझेकी छिन् त्यसमा केही सत्यता छ । म पनि लेख्ने मुड चेलेको बेला केही लेख्ने हो । जुन सुकै बेला वा जस्तो समय पनि म लेख्न सक्दिन । कहिले लेख्ने समय हुन्छ, तर मुड हुँदैन । कहिले लेख्ने मुड हुन्छ, तर समय हुँदैन । कहिले के विषयमा लेख्ने भन्ने अन्योल हुन्छ । कहिले कथा, कविता वा लेख के लेख्न शुरु गरुं भन्ने पनि द्विविधा हुन्छ ।

 

मेरो विचारमा लेख्ने मान्छेलाई सबैभन्दा महत्वपूर्ण कुरा समय, मुड र विषयवस्तु हुन् । यी तिनै कुराको तालमेल मिलेपछि मात्रै आफ्नो मनको भावना रचना वा लेखमा परिणत हुन्छ । अनि त्यस पछि लेख्ने शैली वा कला, लेख्ने बानी, चाहना, ज्ञान र गुण आदि पनि विचारणीय कुराहरु हुन् । यी सबैको संयोगले मान्छे लेखक वा साहित्यकार बन्छ । यो स्वाभाविक हो कि हरेक विधाजस्तै, कथा, कविता, लेख, निबन्ध, नियात्रा आदि लेख्न छुट्टै गुण, कला, शैली र चाहनाको जरुरत पर्दछ ।

 

कुन समयमा लेख्ने, कस्तो विषयमा लेख्ने, कहाँ बसेर लेख्ने, कुन रफ्तारमा लेख्ने आदि कुरा व्यक्तिगत इच्छा, बानी व्यहोरा आदि कुरामा भर पर्ने कुरा हो । कसैलाई बाटोमा हिँड्दा हिँड्दै मनमा कुरा आउँछ र लेख्न मन लाग्छ । कसैलाई बेड टाइममा लेख्न मन लाग्छ भने कसैलाई प्रकृतिको एकान्तमा लेख्न मन लाग्छ । कोही कार्यालय समयमा फुर्सदको बेला लेख्छन् । मेरो भने दिउँसो घरमा समय मिलेर मुड आएको बेला लेख्ने समय हो । मेरो लागि यो संयोग निकै कम मिल्छ । त्यसैले मैले चाहेर पनि धेरै लेख्न सकेको छैन । तर पनि, जे, जति र जस्तो लेखेको छु त्यसैमा खुसी छु ।

 

म पूर्णकालीन समय जागिर गर्दै बेलाबेलामा कथा, कविता, मुत्तक र समसामयिक विषयमा लेख रचना आदि लेख्ने गर्छु । म त्यत्तिकै रुपमा सामाजिक काम, राजनीति र अरु कुरामा पनि व्यस्त हुन्छु । त्यसमाथि व्यक्तिगत जीवन र परिवारलाई समय दिनु पर्ने त छँदैछ । त्यसैले कतिपय साथीभाई, शुभचिन्तक र चिन्ने मान्छेहरुले मलाई मैले मेरो समय कसरी व्यवस्थापन गर्छु भनेर जिज्ञासा पनि राख्नु हुन्छ । 

 

समय सबैको लागि उत्तिकै हुन्छ, अर्थात् सबैको लागि एक दिनमा चौबिस घण्टा र हप्तामा सात दिन । तर, हरेक मानिसको कामको लागि, परिवारको लागि समाजको लागि र आफ्नो लागि दिनु पर्ने समय भने फरक फरक हुन्छ । समय व्यवस्थापनको सामान्य नियम के हो भने आफ्नो समय आफैंले व्यवस्थापन गर्ने हो । आफ्नो जीवनको प्राथमिकता आफैले तोक्ने हो । आफ्नो रुचीको लागि कति समय दिने भन्ने पनि आफैले निर्धारण गर्ने हो । घर, परिवार र आफ्नो जिन्दगी चलाउनको लागि कमाई गर्न काम गरेर बचेको समय समाज, आफ्नो र आफ्नो परिवारको लागि समय हो । 

 

सबै लेखक, कवि, कथाकार वा साहित्यकारहरुलाई आफ्नो रचना उत्कृष्ठ बनोस् भन्ने लाग्छ । आफ्नो रचना धेरै भन्दा धेरै पाठकले पढुन्, सबैले प्रशंसा गरुन् र सबै पाठकबाट सकारात्मक टिप्पणी मिलोस भन्ने लाग्नु स्वाभाविक हो । तर, व्यवहारिक रुपमा यो सम्भव छैन । किनकि सबै लेखक वा साहित्यकार त्यत्तिकै सक्षम र उत्कृष्ठ हुन सक्दैनन् । र, सबै पाठकको लागि मात्र पनि लेख्दैनन । कतिपय आफ्नो लागि लेख्छन् र मौका मिले आफ्नो रचना पाठक सामु प्रस्तुत गर्छन्  । त्यस्तै हो मेरो हालत पनि । आफू सक्षम भएर उत्कृष्ट बन्न लेखेको हैन मैले । मेरो हकमा म बचेको समय सदुपयोग गर्न र मनको कुरा लिपिबद्ध गर्न लेख्छु । त्यसैले मलाई थाहा छ मेरा लेख रचनाहरु औसत वा औसत भन्दा कम नै छन् ।

 

आफैले आफ्नो लेख रचनाको बारेमा आफैंले मुल्यांकन पनि गर्नुपर्छ । यो सन्दर्भमा मेरा कुनै कुनै लेख रचना म आफैलाई निकै मन पर्छन कुनै औसत मात्र लाग्छन् र कुनै औसत भन्दा पनि कम लाग्छन । यस्तै हुन्छ होला मेरो लेख रचनाको सन्दर्भमा पाठकले गर्ने मुल्यांकन पनि । कसैले तारिफ गर्ने मेरो लेख कसैको लागि भने आलोचनाको विषय बन्छ । कसैलाई राम्रो लाग्ने मेरो लेख रचना कसैको लागि नराम्रो लाग्न पनि सक्छ । यो व्यक्तिगत चाहना र प्राथमिकतामा पनि भर पर्ने कुरा हो । तर, राम्रो लेख वा रचना राम्रो नै हुन्छ भने, औसत लेख रचना औसत नै हुन्छ ।

 

आजकलका लेखक र साहित्यकारलाई पर्ने अर्को द्विविधा भनेको आफ्नो रचना कहाँ प्रकाशित गर्ने वा छाप्ने भन्ने पनि हो । छ्याप्छ्याप्ती खुलेका अनलाइन पोर्टल, खुला रुपमा सबैको लागि उपलब्ध सामाजिक संजाल र पत्रपत्रिकामा छपाउने वा आफ्नो लेख रचनाको आफ्नै कृति निकाल्ने यो पनि आफैले छनौट गर्ने विषय हो । तर, म भने लेखक र साहित्यकारहरुले अनलाइन पोर्टल र सामाजिक संजालको पनि उपयोग गर्न सक्नु पर्छ भन्ने मेरो मान्यता छ । त्यसो भएमा धेरै भन्दा धेरै पाठक सामु पुग्न सकिने, आफ्नो लेख रचनाको लागि प्रतिक्रिया आउने र त्यसले आफूलाई सुधार हुन सिकाउने वा प्रेरणा मिल्न पनि सक्छ । 

 

हरेक मानिस आफैमा कलाकार, लेखक वा साहित्यकार हो । कोही आफ्नो मनमा आउने कुरा, भावना र विचारलाई कुनै न कुनै रुपमा लिपिबद्ध गरेर लेखक र साहित्यकार बन्छन भने कोही आफ्नो मनको कुरा वा भावनालाई आफैमा सिमित गर्छन र गर्भमा नै तुहाउँछन् । सबै काम गरेर, समाज, परिवार र आफ्नो लागि समय दिएर बचेको समयमा केही न केही लेख्ने बानी गर्ने हो भने तपाई सबै लेखक वा साहित्यकार बन्न सक्नु हुन्छ । त्यसैले मेरो सबै मित्र, शुभचिन्तक र महानुभावहरुलाई लेखक वा साहित्यकार बन्नको लागि हार्दिक शुभकामाना छ ।

 


थप समाचार

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 5 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 6 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

  • 7 hours ago
उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

सर्लाही । उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आज आइतबारदेखि मलंगवामा रिले अनशन सुरु गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।