Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलचेल्सी र आर्सनलले बराबरी खेल्दै अंक बाँडे

चेल्सी र आर्सनलले बराबरी खेल्दै अंक बाँडे


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको लण्डन डर्बी खेलमा दुबै टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा अग्रता भने घरेलु टोली चेल्सीले लिएको थियो ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा १५ औं मिनेटमा कोल पाल्मेरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । डी बक्सभित्र आर्सनलका डिफेन्डर विलियम सलिबाको हातमा बल लागेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।

४८ औं मिनेटमा मिखाइलो मड्रिकले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । डीबक्स बाहिरबाट देब्रे खुट्टाले चिप बल प्रहार गर्दै उनले सुन्दर गोल गरे ।

यता, ७७ औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई १-२ को स्थितीमा ल्याए । चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले बल पास दिँदा मिस भई राइसले सिधै प्रहार गर्दै डिबक्स बाहिरबाट वान टचमै गोल गरे ।

यस्तै, ८४ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याउँदै टोलीको अपराजित यात्रा कायमै राखे । बुकायो साकाले टाढाबाट उपलब्ध गराएको पासलाई उनले सदुपयोग गर्दै गोल गरे ।

यो नतिजासँगै आर्सनल ९ खेलबाट २१ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । चेल्सी समान खेलबाट १२ अंकका साथ १० औं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT