‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’

Education Park

खस्यौली । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

 

मङ्गलबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्रदेश नं ५ कमिटीले बुटवलमा गरेको अन्तरक्रियामा उनले यातयातलाई व्यवस्थित गर्न प्रदेश नं ५ मा रहेको बाटोलाई व्यवस्थित बनाउने गरी काम अघि बढेको छ भने । 

 

“कुन यातायातको साधन कुन बाटोमा सञ्चालन गर्ने हो त्यसका लागि पनि बाटोको वर्गीकरण गर्ने गरी विज्ञ टोलीमार्फत काम भइरहेको छ”, मन्त्री चौधरीले भने । 

 

इ–रिक्साको व्यवस्थापन, पार्किङ व्यवस्थापन, सडक मर्मतजस्ता कार्य मात्र गर्न सके पनि दुर्घटना न्यूनीकरण हुने भन्दै मन्त्री चौधरीले त्यसका लागि प्रदेश सरकारले विज्ञहरुको टोली नै बनाएर काम शुरु गरेको उल्लेख गरे । 

 

ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५, बुटवलका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले प्रदेश नं ५ दुर्घटनाको जोखिमका हिसाबले पहिलो स्थानमा रहेको भन्दै त्यसका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए । 

 

सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्लेले यातायात चालकले सवारीसाधन चेलेकै अवस्थामा फोन उठाउने वा नउठाउने भन्ने बारेमा नीति नै बनाएर नियमन गर्नुपर्ने आवश्यकता औंल्याए । 

 

सङ्गठनका रुपन्देही अध्यक्ष कृष्ण कँडेलले अवधारणापत्र प्रस्तुत गर्दै भौतिक यान्त्रिक, मानवीय र पर्यावरणीय कारणले दुर्घटना हुने गरेको बताए । सङ्गठनले सडक दुर्घटना न्यूनीकरण प्रादेशिक अभियान सञ्चालन गर्ने र एक वर्षमा १५ हजार यातायात मजदुरलाई सडक अनुसाशन र ट्राफिक नियमका बारेमा प्रशिक्षित गर्न आवश्यक भएको बताए । 

 


थप समाचार

लागुऔषधसहित दुई जनालाई पक्राउ

  • 5 minutes ago
लागुऔषधसहित दुई जनालाई पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहाद

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

  • 23 minutes ago
एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा

फुटबल र पढाईमा उत्तिकै अब्बल थिए यी चर्चित खेलाडीहरु

  • 27 minutes ago
फुटबल र पढाईमा उत्तिकै अब्बल थिए यी चर्चित खेलाडीहरु

विश्वमा सबै भन्दा लोकप्रिय र धेरै रुचाइने खेल फुटबल नै हो । फुटबल नै एक त्यस्तो खेल हो जसकोे बारे मा धेरैले चासो राख्ने गर्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।