सक्रियता बढाउंदै यती, ३ महिनाभित्र महाधिवेसन र ३ वटा कार्यक्रम गर्ने घोषणा

 

लण्डन । पछिल्लो समय केहि सुस्त देखिएको यती नेपाली एशोसिएसन यूके फेरि जुर्मराएर अघि बढ्ने तयारीमा जुटेको छ । सन् १९६० मा दर्ता भएको बेलायतकै पहिलो नेपाली संस्था यतीले विहिबार लण्डनमा एक पत्रकार सम्मलेन गर्दै आउंदो ३ महिनाभित्र महाधिवेसन र ३ छुट्टाछुट्टै कार्यक्रमहरु गर्ने घोषणा गरेको छ। 

 

पिपला देवानले गत वर्ष स्वईच्छाले भन्दै अप्रत्यासित रुपमा राजिनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका वरिष्ठ उपाध्यक्ष शशी नेपालले आफ्नो कार्यकालको अन्त्यमा विशेष च्यारिटी गर्ने बताएका छन् । 

 

नेपालमा रहेको मानव जिवन संरक्षण मञ्च र हेमन्त मोक्तान फाउण्डेसन नेपालको सहयोगार्थ अध्यारोबाट उज्यालो तर्फको विश्व यात्राको सरुवात लण्डनबाट गरिने भएको छ । उक्त फाउण्डेसनले बेलायतपछि विश्वका अन्य २ दर्जन देशमा कार्यक्रम गर्ने र अन्तिम कार्यक्रम विश्वकै अग्लो स्थानमा १६ हजार फिटमाथि रहेको मनाङस्थित तिलिचो तालको प्रांगडमा सम्पन्न गरेर गिनिज बुकमा नाम लेख्ने महत्वाकांक्षी प्रोजेक्टसम्मको जमर्को गर्दैछ ।

 

बेलायतमा हुने कार्यक्रमका लागि उक्त संस्थालाई नजिकबाट नियालेका र संस्थाका हरेक क्रियाकलापमा प्रत्यक्ष साथ दिएका नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतिथिका रुपमा बेलायत आउने छन् भने बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदीको पनि विशेष उपस्थिति हुनेछ । उक्त कार्यक्रममा  वरिष्ठ हास्यकलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र मोडल तथा डान्सर मरिस्का पोख्रलको विषेश प्रस्तुति रहनेछ ।

 

पुर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा अक्टोबर २८ मा लण्डनको ग्रिनफोर्ड टाउन हलमा हुने यस च्यारिटी  कार्यक्रममा एनआरएनए यूकेले पनि सहकार्य गर्ने भएको छ । उक्त कार्यक्रमबाट उठेको सबै रकम मानव जिवन संरक्षण मंच र हेमन्त मोक्तान फाउण्डेसनमार्फत नेपालका विकट जिल्लाहरुका असहाय बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि प्रदान गरिनेछ ।च्यारिटी कार्यक्रम सफल पार्न पूर्व अध्यक्ष मोक्तानको संयोजकत्वमा  सोलिसिटर राजु थापा , ध्रुब केसी , शशी नेपाल र  शर्मिला सिंह सदस्य रहेको समिति गठन गरिएको छ ।

 

त्यस्तै नेपाली समदायमै पहिलो पटक फुटबल प्रतियोगिता गरेको यती एसोसियसनले यस वर्ष फुटबल नगरिमा लङ टेनिस गर्ने भएको छ । सेप्टेम्बर ९ मा वेएम्ली एण्ड सडबरि टेनिस एण्ड ईस्कास्स क्लबमा हुने उक्त प्रतियोगिता ओपन र भेट्रन गरी २ विधामा सम्पन्न हुनेछ । प्रतियोगितामा सिंगल र डबल गरि कुल ५० भन्दा बढि खेलाडिको सहभागिता रहने एशोसियसनले जनाएको छ । 

 

साथै अक्टोबर १७ मा यतीले दशैं शभकामना कार्यक्रम गोल्डन सिप रेष्टरेण्टमा गरिने भएको छ ।  यसका लागि वरिष्ठ समाजसेवि तथा यती एशोसियसनका सल्लाहकार ध्रुव केसीलाई संयोजक तोकिएको छ ।

स्मरण रहोस् यतीको वर्तमान समितिको कार्यकाल गत मे महिनामै सकिएको थियो । आउंदो अक्टोबर २८ को च्यारिटी कार्यक्रमपछि महाधिवेसन गर्ने भन्दै त्यसका लागि तयारी भइरहेको एशोसिएसनले जनाएको छ । 

 

पत्रकार सम्मेलनमा यतीका पूर्व अध्यक्ष उमेशराज मोक्तान, सल्लाहकारहरु ध्रुब केसी र सोलिसिटर राजु थापा,  कार्यवाहक अध्यक्ष शशी नेपाल, महासचिव बाचस्पति रेग्मी लगायतको उपस्थिति थियो । 

 

तस्विर :दिनेश कुमार परियार 

 


थप समाचार

पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

  • 6 minutes ago
पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

काठमाडौँ । ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान काठमाडाैँमा आजदेखि सुरु भएको छ ।

श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...

  • 1 hour ago
श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...

नयाँ दिल्ली । श्रीमानबाट बेखुशी एक महिलाले भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते बनाइदिएकी छिन् ।

बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

  • 1 hour ago
बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपाल



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।