उपत्यकामा वार्इसीएल पुन: सक्रिय, जुवाखाल र याैन अखडा मुख्य निशानमा

काठमाण्डौ । पार्टी एकतापश्चात् विघटित नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले राजधानीका जुवातास अखडा र यौनधन्दा चलाउने होटलहरूलाई आफ्नो निशाना बनाउन थालेको छ ।

 

विशेषतः काठमाण्डौको नयाँ बसपार्क, गोंगबु, पुरानो बसपार्क, ठमेल, सोह्रखुट्टे, चाबहिल, गौशाल, कलंकी, दरबारमार्ग लगायतका क्षेत्रमा वाईसीएलले निगरानी बढाएको छ ।

 

यी क्षेत्रहरूमा प्रहरीले बेलाबखत छापा मारेको नाटक गर्दै आर्थिक प्रलोभनमा त्यत्तिकै छाड्ने र केही प्रहरीहरू त छापा मार्न आउदैछौँ भनेर पूर्व सूचना नै दिने गरेको पाइएपछि विकृति हटाउन आफुहरू नै सक्रिय भएको वाईसीएल काठमाण्डौ जिल्ला अध्यक्ष शिशिर तामाङले बताए ।

 

वाईसीएल सक्रिय भएपछि केही दिनअघि तामाङकै नेतृत्वमा रहेको सातजनाको समूहले गोंगबुको एक घरबाट तास खेलिरहेको अवस्थामा पोखरा स्थायी घर भएकी माया मगरसहित पाँचजनालाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएको थियो ।

 

तामाङका अनुसार गोंगबुका वीरबहादुर लामा, मनीष भण्डारी, पदमबहादुर पुन र म्याग्दीका जीवन मगरलाई यसरी पक्राउ गरिएको हो । उक्त खालबाट तीन बुक तास र पाँच कार्टुन बियर सहित निजहरूलाई बसपार्क प्रहरीसमक्ष जिम्मा लगाइएको छ । साप्ताहिक विमर्शबाट । 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 3 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 4 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 4 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।