योग गर्दा यत्रो फाइदा !

काठमाडौं । आज देशभर विविध कार्यक्रम गरी चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो । 

 

हामीले यहाँ योगाको फाइदाबारे जानकारी प्रस्तुत गरेका छौं ।

 

– योगले सम्पुर्ण अंग तथा कोषलाई प्राणवान् र स्वस्थ बनाउँछ, भने अन्य अभ्यासले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र प्रभाव पार्छ ।

 

– योग बिनाखर्चको गर्न सकिन्छ । यसमा न त सहयोगी चाहिन्छ न कुनै ठूलो उपकरण । जबकी अन्य अभ्यास गर्दा बढि खर्चिला हुन्छन् । ठूलो स्थान, साधन, सहयोगी आदिको आवश्यकता पर्दछ ।

 

– योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न मदत गर्दछ भने अन्य अभ्यासबाट यस्ता प्रक्रिया नै छैन् ।

 

– योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हुन्छ ।

 

– योगका लागी धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा हेभ्भी डाइट को आवश्यता पर्दछ ।

 

– योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शरीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।

 

– योगले रोगको प्रतिरोधात्मक क्षमतालाई विकास गर्छ र विकार शक्तिलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउन मदत गर्दछ ।

 

– योग गर्नाले रिढ लचिलो हुन्छ । रिढ को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।

 

– योगाभ्यासले सम्पुर्ण नश–नाडी तथा रक्तनली शुद्ध गर्छ । जबकी अरु शरीरिक व्यायाममा यस्तो पाइँदैन् ।

 

– योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।

 

–योग गर्नाले कुनै सइड यफेक्ट हुदैन् जवकी अन्य अभ्यासबाट पाचन प्रणाली बिग्रने, लामो समय पछि मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन् ।

 

– योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।

 

– योगले नैतिक शिक्षा , मनको निग्रह , बुद्घि विकास , सत्गुण विकास , शान्ति , अहिंसा तथा समग्र जिउने तरिका सिकाउँछ ।

 

– शरीरमा हर्मोन्स तथा यन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगकिो ठुलो भूमिका रहेको छ ।

 

– योग सर्वोत्तम पद्घति हो, जसले शारीरिक, मानसिक, बौद्घिक तथा आत्मिक विकासका लागि गरिन्छ । यसको दाँजोमा अन्य कुनै पनि शरीरिक व्यायाम आउनै सक्दैनन् ।

 


थप समाचार

जेरार्ड पिकेले बार्सिलोनाको हार टारे

  • 8 minutes ago
जेरार्ड पिकेले बार्सिलोनाको हार टारे

काठमाडौं । क्याटालान डर्बीमा बार्सिलोनाले जिरोनासँग बराबरी खेलेको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा घरेलु प्रतिद्धन्द्धी जिरोनासँग बार्सिलोनाले २–२ गोलको बराबरी खेलेको हो ।

आर्सनलले एभर्टनलाई हरायो

  • 18 minutes ago
आर्सनलले एभर्टनलाई हरायो

काठमाडौं । आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनलले एभर्टनविरुद्ध २–० गोलको जित निकालेको छ । आर्सनलले घरेलु मैदान इमिरेट्समा सम्पन्न खेल प्रतिस्पर्धात्म भए पनि घरेलु टोलीले अंक जोडेक

फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

  • 28 minutes ago
फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।