IIMS College

ISMT

HUB Education

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौ : मन्त्री भट्टराई

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भीमदत्तनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन् ।  भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको आज अनुगमन गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने जानकारी दिए ।

 

“तीनवटै सरकारका साझेदारीमा पुनः सञ्चालन हुन्छ ।” मन्त्री भट्टराईले भने, “यसका निम्ति प्रक्रिया अघि बढाउँछौँ । २०५१ सालमा यहाँबाट विमान चढेर काठमाडौँ गएको सम्झना अझै छ ।” 

 

उनले अनुगमनका क्रममा विमानस्थलको क्षेत्रफल र विस्तार गर्नुपर्ने अन्य क्षेत्रका साथै समग्र विषयमा जानकारी लिनुभएको थियो  । सो अवसरमा मन्त्रालयको प्राविधिक टोली र जनप्रतिनिधिको समेत सहभागीता रहेको थियो । 

 

विमानस्थलमा ५० सिटको जहाज सञ्चालन गर्न समस्या नरहेको बताइएको छ  । २०५६ सालमा असुरक्षाका कारण विमानस्थल सञ्चालन रोकिएको थियो । विमानस्थल पुनः सञ्चालनका स्थानीयस्तरमा रमेश चन्दको नेतृत्वमा दबाब समूहसमेत गठन गरिएको छ ।

 

विमानस्थल संरक्षण एवं सञ्चालनका लागि चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालु आवमा विनियोजनसमेत गरेको छ । ६५ बिघ क्षेत्रफलमा फैलिएको  विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर रहेको छ । 


थप समाचार

शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

  • 4 hours ago
शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

काठमाडौँ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी क

प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

  • 4 hours ago
प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वन

कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

  • 5 hours ago
कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठक डिजिटल रुपमा सम्पन्न भएको छ । बैंकका सञ्चालकहरु भौतिक रुपमा उपस्थित नभई भिडियोमार्फत प्रत्यक्ष संवाद गरी सञ्चालक समितिको बैठक सम्पन्न भएको कामना



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।