IIMS College

ISMT

HUB Education

७१ देशका प्रतिनिधिलाई नेपाल घुम्न आउन मन्त्री भट्टराईको निम्तो

  • आइतबार, १ मंसिर, २०७६
  • 3 weeks ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्याइदिन आग्रह गरेका छन् । नवौँ विश्व रेन्जर सम्मेलनको शनिबार सौराहामा समापन गर्दै उनले आफ्ना परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पुर्याइदिन उनले आग्रह गरेका हुन् । 

 

नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको सम्मेलनका क्रममा सहभागीले जानकारी पाएकोमा आफू विश्वस्त भएको भन्दै मन्त्री भट्टराईले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पु¥याउन भ्रमण वर्ष फलदायी हुने बताए । नेपालको भूबनोट तराईदेखि हिमालसम्म फैलिएको उनको भनाइ थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उनले सबै सहभागी संरक्षणकर्मीप्रति आभार प्रकट गरे । 

 

विश्वका विभिन्न देशबाट यहाँ भेला भएर गरिएको सो सम्मेलन संरक्षण क्षेत्रमा फलदायी हुने कुरामा आफू विश्वस्त भएको मन्त्री भट्टराईको भनाइ थियो । समुदायमा आधारित भएर गरिने संरक्षण कार्यमा नेपाल उदाहरणीय रहेको उनले बताए । 

 

सो अवसरमा अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) का नवनियुक्त अध्यक्ष क्रिश गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसात गर्दै महासङ्घलाई अघि वढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले सम्मेलनका लागि नेपाल रोजेकामा सबैलाई धन्यवाद दिँदै सफलतापूर्वक सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गरे । 

 

क्षेत्रीय होटल सङ्घ चितवन सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले भ्रमण वर्षको निम्तो आ–आफ्नो देशमा पुर्याइदिन आग्रह गरे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार दक्षिण अफ्रिकाका गिल्सको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन भएको छ । आउँदो सम्मेलनका लागि पोर्चुगल र पेरुले प्रस्ताव गरेका छन् । नयाँ कार्यसमितिले ती दुई देशलाई सन २०२२ र २०२५ का लागि छनोट गरी निर्णय गर्ने थपलियाले जानकारी दिए । 

 

सम्मेलनले चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा विश्वभर सहकार्य गरेर पृथ्वीको उपहार वन्यजन्तु भावि पुस्ताका लागि संरक्षण गर्न जरुरी भएको भन्दै चितवन घोषणा पत्र २०१९ जारी गरेको छ । थपलियाका अनुसार घोषणा पत्रमा रेन्जरका हकहित, रेन्जर र समुदायबीचको सम्बन्ध, संरक्षणमा आदिवासी रैथाने समुदायको भूमिका, रेन्जरको क्षमता विकास, संरक्षणमा प्रविधि, महिला रेन्जरको भूमिका र भावी दिनमा रेन्जरले गर्नुपर्ने कार्य समावेश गरिएको घोषणापत्र जारी भएको छ ।   

  

चितवनको पर्यटकीय नगरी सौराहामा कात्तिक २६ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा एशियामै पहिलो पटक नेपालमा उक्त सम्मेलन आयोजना गरिएको हो । सन् १९९५ देखि शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा आयोजना गरिँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी थिए । विदेशी प्रतिनिधिको सङ्ख्या ४८४ रहेको थियो । नेपालले चोरी शिकार नियन्त्रणमा गरेको उल्लेख्य प्रगतिका साथै पाँच पटक गैँडाको शून्य चोरीशिकार वर्षसहित संरक्षण प्रयासमा देखाएको उत्कृष्टताका कारण नेपाललाई चयन गरिएको थियो । विश्वव्यापी “टिएक्स २” लक्ष्यको एक हिस्साका रुपमा नेपालले आफ्नो बाघ संख्या पनि झण्डै दोब्बर गरेको छ ।


थप समाचार

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

  • 8 minutes ago
आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

  • 10 minutes ago
अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

एजेन्सी । अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स ९आइएस० समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन् ।

साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोबार

  • 11 minutes ago
साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय ग¥यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर रु दुई अर्ब ५६ करोड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।