युवा उद्यमशीलता प्रदर्शनी सम्पन्न

  • मंगलबार, २२ जेष्ठ, २०७५
  • 3 months ago
  • अर्थ

काठमाडौँ । नयाँ उद्यमको विकास र दिगो वृद्घिका लागि सहकार्य भन्ने नाराका साथ देशका सातै प्रदेशमा छरिएर रहेका ४७ नयाँ उद्यमीको प्रदर्शनी करीब एक हजार दर्शकले अवलोकन गर्दै सम्पन्न भएको छ । 

 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अन्तरप्रेरणा नामक निजी क्षेत्रद्वारा सञ्चालित कम्पनीले संयुक्तरुपमा सोमबार त्रिपुरेश्वरमा आयोजना गरेको एक दिवसीय उक्त प्रदर्शनीमा कृषि, पर्यटन, सूचना प्रविधि, नयाँ परिकार, हस्तकला, निर्माण, स्वास्थ्यसँग सम्बन्धित उद्यमीले आफ्नो उत्पादन, त्यस उत्पादनले नेपाली समाजमा पुग्ने सकारात्मक योगदान र आर्थिक सम्भावना बारे प्रस्तुत गरेका थिए । 

 

नेपालमै पहिलो पटक आयोजना गरिएको भनेर दाबी गरिएको उक्त प्रदर्शनी ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’ नाम दिइएको थियो । 

 

उद्यमी र उद्यमशीलताको क्षेत्रमा काम गरिरहेका उद्यमी, लगानीकर्ता लगायत सहभागीले प्रदर्शनीबाट नवीनतम सोच भएका युवा उद्यमीले सञ्चालन गरेका व्यवसायका बारे एकापसमा जानकारी गराई व्यावसायिक समस्या तथा चुनौतीका बारे छलफल गरेका थिए । 

 

प्रतिष्ठानका कार्यकारी निर्देशक आनन्दबहादर श्रेष्ठले मुलुकलाई विकास र समृद्धिमा लैजानका लागि युवा जनशक्तिलाई उत्पादनसँग जोड्नका लागि सीपमूलक विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए । 

 

अन्तरप्रेरणाका प्रमुख नीरज खनालले सरकारी र निजी क्षेत्रबीच साझेदारीमा सम्पन्न एक्स्पोले स्वदेशमै इलम गरी रोजगार सिर्जना र आय वृद्धि गर्न प्रेरणा प्रदान गरेको बताए । उनका अनुसार यस्तो खालको एक्स्पो आगामी दिनमा प्रादेशिकस्तरमा र अन्य जिल्लामा विस्तार गरिँदै जाने जानकारी गराए । 

 

करीब तीनवर्ष अगाडि स्थापित अन्तरप्रेरणाले देशमा नवीनतम सोच भएका उद्यमी तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको विकास, विस्तार र संस्थागत गर्नमा सघाउने उद्देश्य राखेको छ । 


थप समाचार

बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

  • 10 hours ago
बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

ब्रिटिश करांते फेडेरेसन (बिकेएफ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्धी हात पारेको हो ।

असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

  • 10 hours ago
असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

काठमाडौँ । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् ।

सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

  • 10 hours ago
सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः  पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

इलाम । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताएका छन् । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुगेका श्रेष्ठले वर्तमान सरकारले प्रेसला



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।