प्रकाश सपुतकाे 'दाेहाेरी ब्याटल २' युट्युबकाे एक नम्बर ट्रेण्डिङमा

काठमाडौँ । गायक प्रकाश सपुतको दोहोरी ब्याटल–२ युट्युबमा अपलोड गरेको दुई दिनमै नेपालमा १ नम्बरमा परेको छ ।

 

गायिका प्रिती आलेसँगको दोहोरी ब्याटललाई गायक सपुतले शुक्रबार युट्युबमा अपलोड गरेका थिए । आइतबारसम्म उक्त दोहोरी ब्याटल करिब साढे ११ लाखले हेरिसकेका छन् ।

 

यसअघि ल्याएको दोहोरी ब्याटल युवापुस्ताका दर्शक र श्रोतहरूले अत्याधिक रुचाएपछि गायक सपुतले दोस्रो दोहोरी ब्याटल लिएर आएका हुन् । गायक सपुतकै शब्द र लय रहेको ब्याटलमा संगीत संयोजन श्यामश्वेत रसाइलीले गरेका छन् ।

 

दोहोरी ब्याटल छोटो समयमै युट्युब ट्रेण्डिङमा पर्नुलाई ऐतिहासिक उपलब्धि भन्दै गायक सपुतले फेसबुक पोस्ट गरेका छन् । याे दाेहाेरी ब्याटल कतारकाे युट्युब ट्रेण्डिङमा भने ९ नम्बरमा परेकाे छ ।

 

तर उनको दोहोरी ब्याटलले दोहोरीकै कत्लेआम गरेको भन्दै आलोचना समेत भएको छ । रेस्लिङ शैलीमा उत्रिएको ब्याटलभित्र शब्द र संगीत गहकिलो नभएको भन्दै आलोचकहरूले टिप्पणी गरेका छन् ।

 

‘प्रकाश सपुतले निर्माण गरेको ब्याटल दृश्य लडाकु र गुन्डा शैलीमा छ । गुन्डा शैलीमा उत्रिएको ब्याटलको गीत र संगीतले दोहरीको कत्लेआम गरेको छ’, एक अनलाइन न्युज पोर्टलमा लेखिएको छ, ‘गीत र दोहरीका कुनै शैली त हुँदैनन्, दर्शक र स्रोतालाई मन पर्ने र सन्देश दिने प्रकृतिको हुँदा सफल हुन्छन् ।

 

यसअघि आएकाे उनकाे पहिलाे दाेहाेरी ब्याटलसमेत आलाेचनाकाे शिकार भएकाे थियाे । तीव्र आलाेचना भएपश्चात गायक सपुतले उक्त दाेहारी ब्याटलमा सुधार गर्दै पुन: अपलाेड गरेका थिए ।

 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 5 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 5 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 5 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।