समृद्धि सपनाको जग कति बलियो छ ?

नेपालको इतिहासमा पहिलो पटक दुई तिहाईको हाराहारीमा कम्युनिस्टहरूको  बहुमतको सरकार   बनेको छ । सम्बभतः यो सरकार हालसम्मकै  शक्तिशाली सरकार पनि हो  ।  

 

गरिबी , बेरोजगारी र लामो  लामो राजनीतिक संक्रमण र अस्थिरताबाट हैरान नेपाली  जनतालाई  सरकारले  मुलुकमा समृद्धि र विकासको लागि विकल्पहीन अबस्थामा  जनताले नेपाली कम्युनिस्टहरुलाई सरकारको  चाबी सुम्पिएका छन् । तर दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएर बनेको सरकार अंकगणितीय रूपमा जति शक्तिशाली छ, समृद्धिको रफ्तार कछुवाको गतिमा सीमित छ । भनिन्छ ‘मर्निग शोज दि डे’ । के यो सरकारले बैचारिक आधारमा समृद्धिको खाका कोर्न सक्ला ? के यो सरकार नेपाली कांग्रेस भन्दा भिन्न होला ? या यो सरकारलाई बिस्वास गर्न सक्ने आधार के छ ? 

 

अक्टोबर क्रान्तिको त्यो किस्सा !    

   

सन् १९०५को ग्रीष्मऋतुमा इभानोबो (भोज्नेसेन्स्कका मजदुरहरूले सबभन्दा पहिले मजदुर प्रतिनिधि सोभियत गठन गरेका थिए । यो नै कम्युनिस्ट आन्दोलन स्थापनाको सुरुवाती  थियो ।  देशका अरु औद्योगिक केन्द्रहरूका मजदुरहरूले पनि यस उदाहरणको अनुसरण गरे । 

 

जारशाही विरुद्धको संघर्षमा किसान वर्ग पनि सरिक भयो, जसले भूमिपतिहरूको जग्गाजमीन जनतामा वितरण गरियोस् भन्ने माग राखेको थियो । सोही वर्ष अक्टोबरमा अखिल रसियाली राजनैतिक हड्तालको घोषणा गरियो । देशभरि जता जतै कलकारखानाहरूमा काम रोकियो,रेलका डब्बाहरू बीच वाटैमा अडिए । यस साधारण हड्तालले मजदुरवर्गको अतुलनीय शक्तिको प्रदर्शन गरिदियो । १७ अक्टोबरको दिन जारले एउट घोषणापत्र प्रकाशित गर्न बाध्य हुनु प¥यो । बिडम्बना, जारले आफ्नो बाचाबन्धन पूरा गर्दै गरेन । सन् १९०५ को डीसम्बर महिनामा मास्कोमा सशस्त्र विद्रोह सुरु भयो ।

 

सामाजिक–प्रजातन्त्रवादीहरू तथा बोल्सेभिकहरूले   आन्दोलको नेतृत्व  गरे   । र पछि, सन् १९०६ को  हड्तालहरूमा १० लाखभन्दा बढी मजदुरहरूले भाग लिए । सन् १९०६को पूर्वाधमा किसान आन्दोलन पनि आधाभन्दा बढी अञ्चलहरूमा फैलिएको थियो । तर  प्रथम रुसी क्रान्ति असफल रह्यो । तर फेरी रुसमा सन् १९१७ फेब्रअरीमा  दोस्रो  ठूलो जनआन्दोलन भयो । 

 

त्यस आन्दोलनमा महिला, मजदुर, बिद्यार्थीलगायत बिभिन्न तप्काका जनताहरु जारशाहीबिरुद्ध सडकमा उत्रे । राजधानी पेट्रोगार्ड आन्दोलनको केन्द्र थियो । थुप्रै सेनाहरुले पनि जारशाहीबिरुद्धको आन्दोलनलाई साथ दिए । अन्ततः त्यही आन्दोलनले जारशाही सत्ताच्यूत हुन पुग्यो । आन्दोलनलाई थेग्न नसकेपछि जार निकोलस द्वितीयले गद्दी त्यागे । यसरी ३ सय वर्ष पुरानो जारशाही शासनको अन्त्य हुन पुग्यो ।

 

जारशाही शासनको अन्त्यपछि रुसको राजनीतिक सामाजिक स्थिति झन् तरल हुन पुग्यो । देशमा जताततै अराजकताको स्थिति बन्यो । जार निकोलस द्वितीयले गद्दी त्यागेपछि राजकुमार जियोर्जी एलभोभको अध्यक्षतामा अन्तरिम सरकार गठन हुन्छ । तर, त्यसले मुलुकको बिग्रँदो स्थितिलाई सम्हाल्न सकेन । राजकुमार एलभोभ ५ महिनापछाडि नै पदबाट बाहिरिए । त्यसपछि जुलाई महिनामा रुसी समाजवादी क्रान्तिकारी पार्टीका नेता अलेक्जेण्डर केरेन्स्की प्रधानमन्त्री बने ।

 

जारशाहीको पतनपछि रुसमा नयाँ संविधान निर्माणका लागि रुसी संसद डूमाले नोभेम्वरमा संविधानसभाको चुनाव गर्ने घोषणा गरेको थियो । निर्वाचनका लागि मुलुकमा शान्ति कायम हुनु जरुरी थियो । तर, त्यस्तो हुन सकिराखेको थिएन । अन्तरिम सरकारप्रति रुसी मजदुर वर्गको विश्वास घट्दै गइरहेको थियो ।

 

पछि, लेनिनले  रुसलाई समाजवादी क्रान्ति साम्यवादको बाटोमा लान सम्भव नहुने निस्कर्ष निकाले ।  उक्त परिस्थितिको बीच  अन्तरिम सरकारले सन् १९१४ बाट सुरु भएको विश्वयुद्धमा रुसको सहभागितालाई पुनःजोड्ने घोषणा गर्यो । रुसी जनता र सेना युद्ध चाहँदैनन् भन्ने कुरा लेनिनलाई राम्ररी नै थाहा थियो । र, लेनिनले जनताको यही मानसिकतालाई क्रान्तिको पक्षमा मोड्ने गरे । लेनिन र बोल्शविक पार्टी तुरुन्तै विश्वयुद्धमा पुनः सेना परिचालन गर्ने अन्तरिम सरकारको निर्णयको खिलाफमा उत्रे । यसले आम मजदुर, सेना र सर्वसाधारणहरुको ठूलो हिस्सा तुरुन्त नै वोल्शेविकहरुको पक्षमा आकर्षित भए । उनीहरु बोल्शेविकहरुले गर्ने क्रान्तिमा सामेल हुने मनस्थितिमा आइपुगे ।

 

आमजनताको मनस्थिति तयार भइसकेपछि लेनिनले क्रान्ति गर्ने मिति राजधानी पेट्रोगार्डमा मजदुरहरु ठूलो सङ्ख्यामा जम्मा हुने समय अखिल रुसी मजदुरहरुको महाधिवेशनको पूर्वसन्ध्याको दिनलाई छाने । महाधिवेशनका लागि राजधानीमा आएका मजदुरहरु नै अक्टोबर क्रान्तिका लागि बन्दुक बोकी अन्तरिम सरकारबिरुद्ध सशस्त्र बिद्रोहमा उत्रिए । ती मजदुरहरुले नै १९१७ अक्टोबर २५ (नोभेम्वर ७)मा अन्तरिम सरकारका मन्त्रीहरु बसेको ‘विन्टर प्यालेस’लाई कब्जा गरी ती मन्त्रीहरुलाई गिरफ्तार गरे र क्रान्ति सम्पन्न गरे । 

 

ठीक त्यहि गुरु मन्त्र थापेर नेपालमा धेरै आन्दोलन र राजनैतिक बलिदानी भए । हजारौ बीर सहिदहरुले प्राणको आहुति दिएका छन् ।  सबै आन्दोलनको मूल मर्म विकास र समृद्धि नै थिए । 

 

समय बदलियो , परिस्थिति बदलिए , बिस्व राजनीति सुन्य बाट सुरु भै आर्थिक रुपमा छलांग मारी सकेका छन् ।  तर नेपालमा भने विभिन्न वादको रुपमा भ्रस्टाचार , गरिबी , चरम  बेरोजगारीले  मुलुक आक्रान्त बनेको छ ।  रुसमा भएको क्रान्तिलाई बैचारिक च्याखे थापेर आएकाहरु देसको बागडोर सम्हालेका छन् । उनीहरुको परिस्थिति फेरियो , मुलुक र जनताको अबश्था भने ज्युँ को त्यूँ छ । 

 

अहिले नेपालमा  जनताले नयाँ विकल्प खोजिरहेका छन् र उनीहरूले आफ्ना राजनीतिक नेताहरूबाट असल शासनको चाहना गरिरहेका छन् । सरकार परिवर्तन गर्दा केवल विचार र सिद्धान्तलाई आधार नबनाई काम गर्ने शैलीलाई जनताले हेरिरहेका हुन्छन् । अहिले  ओली सरकारले   कुशासन खासगरी भ्रष्टाचारले आक्रान्त भएका जनताको ‘सेन्टिमेन्ट’   स्थायी सरकार मार्फत विकास र सम्वृद्धिको नारा दिएर   आफ्नो पक्षमा पार्न सफल भएका छन् । बहुसंख्यक जनताको आर्थिक अवस्था र उनीहरूको आम्दानीको स्रोत बढाउन असफल भएको पूर्व कांग्रेसी  सरकारको अकर्मण्यताको फाइदा नयाँ सरकारलाई छ ।

 

कुशासनले गर्दा प्रजातन्त्रको जग पनि बस्न नसकेको अवस्थामा जनताले कुनै उपाय नदेखेर वैकल्पिक पार्टी र नेतालाई सत्तामा त र्पुयाउँछन् ।  तर उनीहरूले चाहेजस्तो परिवर्तन भने आउन सक्दैन । सत्तामा आएपछि नयाँ अनुहारले पनि पुरानै कार्यशैलीलाई निरन्तरता दिन्छन् ।  र पुनः जनता सधैं अन्याय र असमानतापूर्ण व्यवस्थामा रहिरहन बाध्य हुन्छन् ।

 

नेपालका वर्तमान सरकारले बुझ्न पर्छ कि अब ठुला ठुला भाषण गर्ने जमाना गए । जनता परिणाम हेर्न चाहन्छन् र यदि उनीहरूले चाहेअनुसारको परिवर्तन नआएमा उनीहरूको प्रजातन्त्रमाथिको विश्वास पनि कमजोर हुँदै जान्छ  । र त्यसको फाइदा तेस्रो पक्षले लिन सक्छ । संसारमा जनताको चाहना अनुसार सासक नचल्दा धेरै राजनैतिक परिबर्तन भएका छन् । 

 

ठिक त्यस्तै,  नेपालको सन्दर्भमा पनि कम्युनिस्टहरु  सत्तामा भएकाले  यो सरकारले जनताको चाहना अनुसार कार्य गर्न नसके र पुरानै सैलिमा झैँ भ्रस्टाचार र कुसासन अन्त्य नभए   जनताको वामपन्थी विचारधाराप्रतिको आस्था र विश्वास पनि कम हुँदै जानेछ । कुरा मात्रैले अब उम्किन सकिने अबस्था छैन। यदि यो सरकार असफल भए नेपाली जनताले विकल्प खोज्न बाध्य हुने निश्चित प्राय नै छ । 

 

जब जब  देशमा भ्रष्टाचार मौलाउँदै जान्छ र  तब धनाड्य हरु झनै धनाड्य बन्दै जान्छन र गरिब झनै कंगाल ।   र निस्कर्सामा जनताले प्रजातन्त्र भनेको धनीहरूका लागि मात्रै हो भन्ने भाव  मौलौदै जान्छ ।  र  जनताको व्यवस्थाप्रतिको वितृष्णा बढ्दै जान्छ । अहिले नेपालकै सन्दर्भमा आज पनि ठूलाठूला भ्रष्टाचारका काण्ड भए पनि सरकारले कुनै पनि उच्च पदस्थ अधिकारी अथवा जिम्मेवार व्यक्तिलाई कानुनी घेरामा ल्याउन सकेको छैन । नेपालमा सरकारको सत्रु भ्रस्टाचार र कुससन नै  हो । 

 

नेपालको पहिलो बहुमतको सरकार वीपी कोइरालाले बनाएका थिए । उनले पनि चीनसँग ‘अनावश्यक हिमचिम’ बढाएका थिए, नेपाललाई सार्वभौम र आत्मनिर्भर बनाउन खोजेका थिए । उता दरबार अर्थात् राजा महेन्द्र थिए । भारत र राजाको कोपभाजनको शिकार बनेर असमयमै वीपी सरकार मात्र होइन प्रजातान्त्रिक व्यवस्था नै ढालियो । तर वर्तमान सरकार बि पी को अबस्थामा छैन । 

 

०४८ सालमा गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार बन्यो । उनले आफ्नो बुद्दि बिगारे । असमयमै मध्यावधी चुनाव घोषणा गरेर पूरा अवधी प्रधानमन्त्रीका रुपमा काम गर्ने अवसर गुमाए । त्यसबेला कांग्रेसभित्र आन्तरिक कलह सिर्जना भएको थियो । आन्तरिक कलहको शिकार बन्यो बहुमतको सरकार ।

 

एमाले विभाजनका कारण ०५६ सालको आमचुनावमा कांग्रेसले बहमुत ल्यायो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । उनलाई बीचमै गिराए गिरिजाप्रसादले । गिरिजाप्रसादले बहुमतको सरकार चलाउन थाले । उनी पनि आन्तरिक कलहको शिकार बने । शेरबहादुर देउवा प्रधानमन्त्री  बने । कांग्रेसको आन्तरिक कलहका कारण बहुमत अर्थहीन बन्यो । 

 

त्यसकारण , अहिलेको अबस्थामा समय फेरिएको छ , ब्यबस्था बदलिएको छ । सरकारसंग ५ वर्ष सम्म स्थायी रुपमा कम गर्ने जनमत छ ।  यस प्रकारको अबस्थामा सरकारले अब काम गर्न नसक्नु पर्ने कुनै पनि कारण हुने छैन  । र एकले अर्कोलाई दोष थोपरेर ओली सरकार उम्कन सक्दैन । 

अन्यथा , मुलुक नया विकल्पमा जान बाध्य हुने छ । 

 


थप समाचार

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

  • 2 hours ago
लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

  • 4 hours ago
रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

अल्डरसटस्थित कुइन्स एभिन्युमा आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्सा

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

  • 5 hours ago
दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

लण्डन । लण्डनस्थित नेपाली दूतावास यहि अक्टोबर १८ विहिबार तथा १९ तारिख शुक्रबारका दिन बन्द रहने भएको छ । नेपालीहरुको महान पर्व दशैंका अवसरमा महानवमी र विजया दशमी गरी २ दिन दूतावास बन्द हुने भएको हो ।



भिडियो

प्रेम र यौन

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।