पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि : अर्थमन्त्री खतिवडा

  • शुक्रबार, ४ जेष्ठ, २०७५
  • 4 months ago
  • अर्थ

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताएका छन् । 

 

स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा उनले मुलुकमा भएका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ भने । 

 

अर्थमन्त्री खतिवडाले यस किसिमका उद्योगमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी गुणस्तरीय उत्पादन गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने बताए । 

 

उद्योगी प्रदीपकुमार श्रेष्ठले देशको भौतिक पूर्वाधार निर्माणका लागि छड उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने भएकाले त्यस्ता उद्योगीलाई सरकारले बैंकिङ सुविधामा वृद्धि गर्नुपर्नेमा जोड दिए । 

 

मुलुकमा निर्माणजन्य कार्यमा प्रयोग हुने छड वार्षिक रुपमा रु एक खर्ब २० अर्बको कारोवार हुने गरेको छ । छडको करीब ९० प्रतिशत कच्चा पदार्थ भारत तथा १० प्रतिशत चीनबाट आयात हुने गरेको जानकारी दिइयो । 

 

नेपालमा उत्पादन भएका छड करीब दुई दशक अगाडिसम्म चीन स्वशासित क्षेत्र तिब्बतमा केही प्रतिशत निर्यात हुने गरेको भए पनि अहिले यसको खपत स्वदेशमा मात्र हुने गरेको छ । 

 

प्रदर्शनीमा नेपाल र भारतका गरी करीब ५० छड उद्योगका प्रतिनिधिको सहभागिता रहेको जनाएको छ । 


थप समाचार

भण्डारी र भट्टलार्इ उपरथीकाे दर्ज्यानी चिह्न प्रदान

  • 16 minutes ago
भण्डारी र भट्टलार्इ उपरथीकाे दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाको उपरथी पदमा बढुवा भएको रघु भण्डारी र नरेशचन्द्र भट्टलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आज इन्द्रजात्रा मनाईंदै

  • 1 hour ago
आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा विशेष उत्साहका साथ यो पर्व मनाइन्छ

हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

  • 1 hour ago
हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित भएको छ ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।