Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थशंकर पोखरेलको प्रश्नः पपुलिस्ट कुरा गर्ने र सिमान्त गुरुमा के अन्तर भयो र?

शंकर पोखरेलको प्रश्नः पपुलिस्ट कुरा गर्ने र सिमान्त गुरुमा के अन्तर भयो र?


काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिस्ट’ कुरा गर्ने र भिड जम्मा गरि छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको टिप्पणी गरेका छन्। सोमबार सामाजिक संजालमा एक पोस्ट गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।

संसदमा छलफल भइरहेको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गतिविहीन दस्तावेज बताउँदै आएको एमालेले खारेज गर्न वा पुनःलेखन गर्न माग गरेको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन छैन। त्यसैप्रति इंगित गर्दै नेता पोखरेलले सो पोस्ट गरेका हुन्।

पुरानो होइन नयाँ भनेर नीतिविहीन, उद्देश्यविहीन पपुलिस्ट राजनीति गर्नेहरूले ठीक र बेठीक छुट्टयाउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख बनाएको उनको आरोप छ।

उनले लेखेका छन्, ‘कहाँ चुकेको छ सरकार? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नु पर्थ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाइ दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

‘आईएमई पे’ बाट रेमिट्यान्स पठाउँदा ५०० रुपैयाँसम्म बोनस पाइने

काठमाडौँ । ‘आईएमई पे’ ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर

Techie IT