‘धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ’: अर्थमन्त्री खतिवडा

  • सोमबार, १८ भदौ, २०७५
  • 7 months ago
  • अर्थ
file-photo

राजविराज । अर्थमन्त्री डा. युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । 

 

सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा. खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । 

 

‘एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘अब धेरै दिन यस्तो रहँदैन, एउटै ठाउँमा कर बुझाए पुग्ने बनाउँछौँ ।’

 

उनले करको दायराभन्दा दर बढेकाले कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने बताए । 

 

विदेशी ऋणबाट देशको विकास सम्भव नभएकाले करको दायरा बढाउनुपर्नेमा डा. खतिवडाले जोड दिए । 

 

उनले आम्दानी र क्षमताभन्दा बढी कर बढाउन नहुने बताए । ‘वास्तविकता नबुझेरै कर बढायो भन्ने हल्ला फैलाइएको छ, त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहको विकास गर्नु जरुरी रहेकाले जनताले कर तिर्ने बानीको विकास गर्नु पर्छ, जनप्रतिनिधिले जनताले तिरेको करको सदुपयोग गर्नुपर्छ ।’

 

करका बारेमा जनता सचेत भए त्यसको दुरुपयोग रोकिने उहाँको भनाइ थियो । ‘कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन पाइदैन,’ डा. खतिवडाले भने । 

 

सो अवसरमा डा खतिवडाले करदाता सेवा कार्यालयमा आई प्यान नम्बर लिने सेवाग्राही अमृता झा, सुनिता देव र शम्भुनन्द चौधरीलाई प्रमाणपत्र वितरण गरे । 

 

आन्तरिक राजश्व विभागका सचिव शिशिरकुमार ढुङ्गानाले करदाताको सेवालाई दृष्टिगत गरी राजविराजमा करदाता सेवा कार्यालय स्थापना गरिएको जानकारी दिए । 

 

करदाता र करको दायरा बढ्दै गएपछि आन्तरिक राजश्व कार्यालय राजविराजमा स्थापना गरिने उनको भनाइ थियो ।


थप समाचार

दूधे बालकसहित पक्राउ गरेकाे भन्दै नेतृ सुवेदीलाई रिहा गर्न माग

  • 5 minutes ago
दूधे बालकसहित पक्राउ गरेकाे भन्दै नेतृ सुवेदीलाई रिहा गर्न माग

रुपन्देही । प्रतिबन्धित नेकपा रुपन्देहीकी जिल्ला नेतृ कल्पना सुवेदीलाई प्रहरीले दूधे बालकसहित पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ । जिल्ला सेक्रेटरी अमर आरसीले एक विज्ञप्ति जारी गर

आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

  • 15 minutes ago
आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

काठमाडौँ । नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लाग

ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव !

  • 15 minutes ago
ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव !

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव आएको समाचार प्रकाशित भएको छ । रियल मड्रिडमा असन्तुष्ट बेललाई क्लबले बेच्ने तयारी गरिरहेको बेला उनलाई एक चाइन



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।