जिदान किन पुनः रियल मड्रिड फर्किए ? यस्तो छ ५ कारण

  • मंगलबार, २८ फागुन, २०७५
  • 2 months ago
  • खेल

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षकमा जिनेदिन जिदानलाई पुनः नियुक्ति गरेको छ । सोमबार राति प्रशिक्षक सान्टियागो सोलारीलाई बर्खास्त गरि रियलले जिदानलाई क्लब छोडेको २८४ दिनपछि नियुक्तिको घोषणा गरेको हो । जारी सिजनमा रियल सबै उपाधिबाट टाढा भइसकेको छ । घरेलु मैदानमै बार्सिलोनासँग लगातार दुई खेलमा पराजित तथा आयाक्सले पनि ४–१ गोलले पराजित गरेपछि रियलले सोलारी बर्खास्तीमा परेको हो । 

 

जारी सिजनमामात्रै रियलले तीन प्रशिक्षक नियुक्त गरेको छ । यसअघि जुलेन लोपेटेगी बर्खास्तीमा परेको थियो । सन् २०१८ को अक्टोबर २८ मा भएको एल क्लासिकोमा बार्सिलोनासँग ५–१ गोलको हार व्यहोरेपछि लोपेटेगी बर्खास्तीमा परेका थिए । त्यसपछि अन्तिरिम प्रशिक्षकमा सोलारी आएका थिए । अन्तिरिम प्रशिक्षकको रुपमा आएका सोलारीले टिमलाई सन्तुलित बनाएपछि उनलाई प्रमुख प्रशिक्षककै भूमिका दिइएको थियो तर, पछिल्लो समयको खस्किदो प्रदर्शनको कारण उनी बर्खास्तीमा परका हुन् । 

 

 

रियल मड्रिड च्याम्पियन्स लिगबाट आउट भएपछि रियलको ड्रेसिङ रुममा अध्यक्ष फ्लोरेन्टिनो परेज कप्तान सर्जियो रोमोसबीच भनाभन नै भएको थियो । रामोसले अधिकार सबै आफ्नो हातमा लिएर वर्षीक योजना नै नबनाएको आरोप लगाएका थिए । पछि परेजले नयाँ प्रशिक्षकको खोजी गर्न थाले पनि जिदानलाई नै प्रमुख रोजाई बनाएका थिए । लाइनअपमा एन्टोनियो कोन्टे, जोसे मउरिन्हो, मौरित्सियो पोचेटिन्हो भए पनि परेजले जिदानलाई धेरै विश्वास गरेका थिए । साथै, जिदानले पनि परेजसँग धेरै अधिकार मागेका छन् । साथै उनले खेलाडी किन्नको लागि ३०० मिलियन समेत पाउने भएको समाचार प्रकाशित भएको छ । 

 

१. रियल मड्रिडको खेलाडी किनबेचमा अध्यक्ष फ्लोरेन्टिनो परेजको ठूलो हात हुन्छ । तर, यस पटक जिदान पेरेजभन्दा अघि रहने सहमति भएको समाचारमा प्रकाशित भएको छ । किनकी खेलाडी स्वयंले पनि यसबारेमा परेजविरुद्ध आवाज उठाएका थिए ।

 

२. जिदानले क्लबसँग आफूलाई अनावश्यक खेलाडी बेच्न सक्नेछन् । यसमा पनि परेजले हस्तक्षेप गर्न पाउने छैनन् । 

 

३. जिदान प्रशिक्षक रहँदा मार्सेलो र इस्कोलाई मुख्य खेलाडीको व्यवहार गर्थे तर, सोलारीले यी दुवै जनालाई बेन्चमा राख्न थालेपछि क्लब छोड्ने मनस्थितिमा पुगेका थिए । तर, सम्भवतः जिदानले यी दुवै खेलाडीलाई प्राथमिकता दिनेछन् । क्लब छोड्ने भने आउँन दिनेछैनन् । 

 

४. जिदानले सम्भवत नेयमारलाई किन्ने छैनन् । किनकी उनले खेलाडी स्थानान्तरणको लागि नेयमार किन्ने बजेट पाएका छैनन् । नेयमारको बिकल्पमा किलियन एम्बाप्पे उनको रोजाइमा पर्न सक्छ । आइकार्डी किन्ने सम्भावना पनि प्रवल छ ।

 

५. जिदानले खेलाडी किन्न पाउने ३०० मिलियनमा उनको ठूलो हात रहनेछ । जिदानको टिमलाई चाहिने खेलाडीबारेको निर्णयमा उनको मात्रै हात रहनेछ । 

 


थप समाचार

बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

  • 3 hours ago
बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले मे ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकी छिन् । निकै भावुक हुँदै उनले पदबाट राजीनामा दिने जानकारी गराएकी हुन् ।

महँगा अभिनेता अल्लु अर्जुन

  • 4 hours ago
महँगा अभिनेता अल्लु अर्जुन

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । बलिउडका कैयौँ सेलिबे्रटीहरुका फ्यानहरुभन्दा पनि उनको फ्याहरु धेरै रहेका छन् । उनको फिल्म सराइनादुले त युट्युबमा रेकर्ड नै बनाउन सफल भ

“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

  • 4 hours ago
“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

दमौली । केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नग



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।