NIC ASIA

ISMT

HUB Education

बङ्गलादेशः जियाको सजाय दोब्बर गरियो

Education Park

 

Kathmandu Trade Show

 

ढाका । बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उहाँमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो । 

 

भ्रष्टाचारको आरोपमा तल्लो अदालतले यसअघि जियालाई १० वर्ष जेल सजाय हुनुपर्ने सजाय तोकेको थियो । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगका वकील खुर्शिद खानले उच्च अदालतले तल्लो अदालतले सुनाएको यसअघिकै फैसलालाई सदर गरेको जानकारी दिए । 

 

बङ्गलादेश नेसनिस्ट पार्टी (बीएनपी) ले जियामाथि अदालतले सुनाएको आदेश पूर्वाग्रही र राजनीतिक प्रेरित रहेको भन्दै मङ्गलबार राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । हाल जियाले नै बीएनपीको नेतृत्व गरिरहेकी छिन् । 

 

आगामी संसदीय निर्वाचनमा जियालाई सहभागी हुनबाट रोक्ने गरी अदालतबाट एकपछि अर्को आदेश आएको विपक्षीहरुको भनाइ छ । बङ्गलादेशका महान्यायाधीवक्ता महाबुबे अलामले उच्च अदालतबाट सफाई नपाएको अवस्थामा जियाले चुनावमा भाग लिन नपाउने बताए । 

 

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई भ्रष्टाचारको आरोपमा सात वर्षका लागि गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । 

 

पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ । 

 

पछिल्लो आदेशका कारण हसिनामाथि जियाले राजनीतिक चुनौती दिने सम्भावना घटेर गएको छ । बीएनपीका वकीलले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् । 

 

जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा फैल्याएको र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दा पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि गम्भीर रहेको छ । उहाँलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ । 

 

जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उनका वकीलले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् । 

 

गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ । 


थप समाचार

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

  • 1 minute ago
खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने

बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

  • 9 minutes ago
बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड । शहरी विकास तथा भवन निर्माण विभागले साइड निर्माण कार्य गरिरहेकामा काम सुस्त भएको स्थानीयवासीको गुनासो

प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

  • 15 minutes ago
प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

टोरेन्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा ‘द स्काई इज पिंक’को प्रिमियर गरिएको छ । प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका चोपडा, फरहान अख्तार र अन्य टिम उपस्थित थिए ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।