सदर चिडियाखानामा 'डिजिटल एजुकेशन सेन्टर' स्थापना

काठमाडौँ । ललितपुरको सदर चिडियाखानामा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना भएको छ । 

 

चार दशकदेखि नेपालमा जैविक विविधता र संरक्षणको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका बेलायतका संरक्षणकर्मी फिल्ड मार्सल सर जोन चाप्पलको सम्मानस्वरुप नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा सेन्टर स्थापना गरिएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक चिरञ्जीवी पोखरेलले जानकारी दिए । 

 

मङ्गलबारदेखि सञ्चालनमा आएको केन्द्रले संरक्षण क्षेत्रमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास रहेको वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले बताए । 

 

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेका थिए । वि.सं. २००७ को राजनीतिक परिवर्तनपछि यसको स्वामित्व नेपाल सरकारमा आएको थियो । 

 

विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानामा २०५२ देखि यसको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइएको छ । 

 

अहिले यहाँ वन्यजन्तु संरक्षण र व्यवस्थापन, संरक्षण शिक्षा र अध्ययन अनुसन्धान, मनोरञ्जन तथा प्रकृति संरक्षणबाट जनचेतना दिने कार्य हुँदै आएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक पोखरेलले जानकारी दिए । 


थप समाचार

९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

  • 2 minutes ago
९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

काठमाडौं । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ ।

काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

  • 4 minutes ago
काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक स

ल्वाङ चियाका फाइदा

  • 18 minutes ago
ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।