Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’


काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ । शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ । कुमार नगरकोटीले लेखेको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन् ।

एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्र ‘मायावी’ लाई तीनजना अभिनेत्रीले चित्रण गरेका छन् । सोमध्ये एक पात्रको भूमिकामा अभिनेत्री शिल्पा मास्केले निर्वाह गरेकी छन् । यो उनको पहिलो नाटक हो । अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताइन् ।

“नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्न पाउँदा उत्साहित छु । यो मेरो पहिलो अनुभव हो”, अभिनेत्री मास्केले भनिन् ।

नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सन राई र घिमिरे युवराजलगायत कलाकारले अभिनय गरेका छन् ।

त्यस्तै थापागाउँस्थित मण्डला नाटकघरमा असार ८ देखि मञ्चन भएको मनोवैज्ञानिक (साइकोलोजिकल थ्रिलर) विधामा बनेको ‘हिउँभन्दा चिसो’ नाटक यही साउन १४ गतेसम्म मञ्चन हुनेछ । सोमनाथ खनालले निर्देशन गरेको नाटकमा कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा छन् ।

“चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको हुँ । आजरभोलि भन्दै पाँच वर्ष बितिसकेछ । समय मिलाएर यसपटक नाटकमा अभिनय गरेको छु”, अभिनेता सापकोटाले भने । यसमा रेणु योगी, र गोविन्द सुनारको लगायतले अभिनय गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT