News | Tag: अग्नि सापकाेटा

पदभार ग्रहणलगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट

2 months ago

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत यान्छीबीच भेट भएको छ । सभामुख सापकोटाले पदभार सम्हाले लगत्तै चिनियाँ राजदूत यान्छीले सापकोटासँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेकी हुन् ।

एमसीसी तत्काल अघि नबढाउने सभामुख सापकोटाको संकेत

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा तत्काल अघि नबढाउने संकेत गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण पश्चात् पदभार ग्रहण गर्न सिंहदरबार पुगेका सभामुख सापकोटाले एमसीसीलाई लिएर बहस छेडिएको भन्दै यसमा हतार गर्नु नपर्ने बताए ।

सभामुख सापकोटाले लिए पद तथा गोपनियताको सपथ

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सभामुख सापकोटाले राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सभामुखमा अग्नि सापकोटा निर्विरोध चयन भएको घोषणा

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटा निर्विरोध चयन भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकले उनलाई सभामुख पदमा निर्विरोध चयन भएको घोषणा गरेको हो ।

अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई स्थगित, सभामुख बन्न बाटो खुल्यो

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा अदालतमा परेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रनिनिधिसभाको सभामुख पदमा निर्वाचित हुने प्रक्रियामा रहेका सापकोटोविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार रिट दायर गरेका थिए । त्रिपाठीको रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको थियो ।

अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर, सभामुख चयन प्रक्रिया स्थगित गर्न माग

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने प्रक्रिया स्थगित गर्न भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । लामो समयदेखि रिक्त रहेको सभामुख पदमा सापकोटाले गत मंगलबार सत्तारुढ नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेका थिए ।

सभामुखको लागि सापकोटाको उम्मेदवारी दर्ता, काँग्रेसले उम्मेदवारी नदिने

2 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्‍नि सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका छन् । सापकोटाले मंगलबार नयाँ बानेश्वरस्थित संसद्‌ भवन पुगेर सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गराएक हुन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले घोषणा गरेको निर्वाचन कार्यक्रमअनुसार आज ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने थियो ।

सभामुखको उम्मेदवारका लागि अग्नि सापकोटाको नाममा सहमति

2 months ago

काठमाडौँ । प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदको उम्मेदवारको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र अग्नि सापकोटा उम्मेदवार बनाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखमा सापकोटालाई अगाडि बढाउने सहमति भएको हो । सत्तारुढ दलभित्र सभामुखका उम्मेदवारलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो । सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमतिसँगै सो विवाद टुंगिएको बताइएको छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।