News | Tag: डोरमणि पौडेल

‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्मन्त्री पौडेल

2 months ago

हेटौंडा । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

हेटौँडामा पशु बधशाला सञ्चालनमा

4 months ago

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका रुग्ण उद्योगहरुलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन वृद्धिसँगै बेरोजगारी समस्या समाधान गरिने बताएका छन् । हेटौँडामा व्यवस्थित पशु बधशालाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले बन्द भएका वा बन्द हुने अवस्थामा पुगेका रुग्ण उद्योगहरुलाई उठाउने र व्यवस्थित ढङ्गले सञ्चालन गर्ने सरकारको नीति रहेको बताए । मुख्यमन्त्री पौडेलले मासुका लागि पशुहरुको जथाभावी बध गर्ने चलनको पूर्ण रुपमा अन्त्य हुनुपर्ने धारणा राखे ।

प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल डिस्चार्ज

5 months ago

हेटौँडा । मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । यही जेठ १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि देश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने

6 months ago

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना भएका हुन् । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ । निकै सक्रिय दिनचर्या भएका पौडेल बुढ्यौली, उच्च रक्तचाप तथा मधुमेह भए पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने जनाइएको छ ।

एक साताका लागि मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

6 months ago

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।

मुख्यमन्त्री पौडेलद्वारा १३०औँ श्रमिक दिवसको शुभकामना

7 months ago

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गरेका छन् ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।