News | Tag: नेपाल बन्द

मेयरकाे घरमा बम, स्थानीय रातभर आतंकित

2 days ago

काठमाडौं । प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा विदुर नगरपालिकाका मेयरको निवासमा बम भेटिएको छ । मेयर सञ्जु पण्डितको विदुर–९ स्थित घरमा सोमबार राति प्रेसर कुकर बम भेटिएको हो । बमका कारण मेयरको घर आसपासका समुदाय रातभर आतंकित भएका थिए ।

काभ्रेका तीन स्थानमा भेटिएकाे बम सबै डिस्पाेज

2 days ago

काभ्रे । कार्यकर्ता हत्याको विरोधमा प्रतिबन्धित नेकपाले बन्द आह्वान गरेको दिन एकाबिहानै काभ्रेका विभिन्न स्थानमा बम भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान हुँदा नहुँदै काभ्रेका तीन स्थानमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरिएको हो । धुलिखेलस्थित हस्पिटल चोक, पनौति नगरपालिकाको खोपासी जाने पुल र पनौती बसपार्क चोकमा भेटिएको र उक्त बम डिस्पोज गरिसकेको डिएसपी दीपकराज गिरीले जानकारी दिए ।

बन्दकाे पूर्वसन्ध्यामा पाेखराकाे व्यस्त तरकारी बजारमा भेटियाे शंकास्पद वस्तु

2 days ago

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यमा पोखरामा शंकास्पद वस्तु भेटिएको छ । पोखरा महानगरपालिका–८ स्थित फेवा एग्रिकल्चर प्रालीले सञ्‍चालन गरेको तरकारी मन्डीमा शंकास्पद वस्तु फेला परेको हो । मन्डीको पार्किङ स्थलमा स्थानीय व्यापारीले नै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । निलो रङको पाइपमा घडी जडान गरिएको उक्त वस्तु बम हो कि होइन भन्ने यकिन भइसकेको छैन ।

उपत्यकामा छैन बन्दकाे प्रभाव, नाकाबाट बाहिरिने र भित्रिने सवारीसाधनमा भने कमी

2 months ago

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाडौँ उपत्यकामा भने खासै प्रभाव परेको छैन । काठमाडौँ उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सवारी आवागमन सहज रहेको जानकारी दिए ।

बम विष्फाेटमा घाइते सैनिकलाई काठमाडाैँ पठाइयाे

2 months ago

पोखरा । नेत्रविक्रम चन्द्र (विप्लव) समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । सो बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको छ ।

जन्ती बाेकेकाे बसमा आगजनी नगरेको विप्लव नेकपाकाे स्पष्टाेक्ति

3 months ago

कैलाली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जन्ती बोकेको बसमा आफ्नो पार्टीले आगजनी नगरेको स्पष्ट पारेको छ । नेकपा कैलालीका इन्चार्ज विवेक कुमालले विवाहको जन्ती छोडेर आफ्नो नियमित नम्बर लिएर गइरहेको बसलाई कारबाही गरिएको जानकारी दिए ।

राँझा चाेकमा राखिएकाे केट्ली बम नेपाली सेनाद्वारा निष्क्रिय

3 months ago

बाँके । विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो ।

विप्लवकाे बन्दविरूद्ध विवेकशील साझाकाे प्रदर्शन

3 months ago

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको विरोधमा पोखरामा प्रदर्शन भएको छ । नेकपाले आह्वान गरेको बन्दको विरोधमा विवेकशील साझा पार्टीले पोखरामा प्रदर्शन गरेको हो । ‘बन्दले देश बन्दैन’ लगायतका नारासहित विवेकशीले साझाले पोखराको पृथ्वीचोकमा नेपाली झण्डासहित प्रदर्शन गरेको हो ।

प्रहरी कार्यालयबाट दुईसय मिटरको दूरीमै बम विस्फाेट, एक किमी परसम्म सुनियाे आवाज

3 months ago

नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय नजिकै बम विस्फोट गराइएको छ । नेकपाका कार्यकर्ताहरुले कावासोतीको जिल्ला प्रहरी कार्यालयदेखि दुईसय मिटरको दूरीमा रहेको मुख्य चोकमा बिहीबार बिहान बम विस्फोट गराएका हुन् ।

बन्दमा चलाएकाे भन्दै बिहेकाे गाडीमा आगजनी

3 months ago

धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा कैलालीमा बिहेको गाडीमाथि आगजनी गरिएको छ । कैलालीको मसुरिया र बडैपुरको नजिकमा राती १ बजे बिहेको लागि प्रयोग गरिएको म१ख ४४१ नम्बरको गाडीमाथि आगजनी गरिएको हो ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।