News | Tag: प्रहरी

अष्ट्रेलियामा प्रहरीको कडाई, जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ७५ डलर जरिवाना

1 month ago

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित स्थानीय प्रहरीले जथाभावी बाटो काट्नेलाई कडा जरिवाना गरेको छ । स्थानीय प्रहरीले मंगलबार बिहान ७ बजेदेखि १ बजे दिउँसोसम्म जथाभावी बाटो काट्ने, सडक नियम उलंघन गर्ने १०३ जनालाई पक्राउ गरेर जनही ७५ अष्ट्रेलियन डलर जरिवाना गरेको हो ।

सवारी साधन चेक जाँच प्रशिक्षण दिँदै

1 month ago

महोत्तरी । महोत्तरीको गौशाला ईलाका प्रहरी कार्यालयका प्रहरीको सक्रियतामा विद्यार्थीलाई सवारी साधन चेक जाँचबारे प्रशिक्षण दिँदै ।

सुरक्षा विश्लेषक ठकुरी भन्छन्, ‘निर्मला हत्या प्रकरण र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार होइन’

1 month ago

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो ।

हुम्लामा प्रहरी हवल्दारको मृत्यु

2 months ago

सिमिकोट । डिउटीमा खटिएकै क्रममा हुम्लामा कार्यरत एक प्रहरी हवल्दारको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत दैलेखको नारायण नगरिपालिका–१ घर भएका ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खड्काको मृत्यु भएको हो ।

एकतिस थान बन्दुक प्रहरीमा बुझाइयाे

2 months ago

बाजुरा । अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।

जन्ती मारिएको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

2 months ago

पोखरा । जन्ती गएका युवकको कुटपीट गरेर मारेको भन्दै लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा आक्रमणको प्रयास गरेका छन् । करिब दुईसय जना आएर पालुङटार इलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेका छन् । ढुंगामुढाबाट केही प्रहरी घाइते भएको बताइएको छ । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ भने सदरमुकामबाट उक्त स्थानमा थप प्रहरी खटाइएको छ ।

प्रहरीबाट लुटिएको पेस्तोल फेला पर्यो

2 months ago

जनकपुर । भारतीय सीमासित जोडिएको धनुषा जिल्लाको मुखियापट्टी मुसर्निया गाउँपालिकाबाट प्रहरीबाट लुटिएको पेस्तोल भेटिएको छ । पेस्तोल कुन स्थानमा पेला परेको भन्ने खुलेको छैन । अनुसन्धानको क्रममा मुखियापट्टी मुसर्निया गाउँ पालिका वडा नम्बर १ बस्ने सकुन्तलादेवी यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडाैँ मैजुबहालमा झुण्डिएको अवस्थामा शव फेला

2 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका-७ मैजुबहाल चोकबाट पश्चिमपट्टि पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका अन्दाजी ३५/४० वर्षका आङदवा शेर्पा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । आज बिहान करिब सात बजेतिर स्थानीयले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ ।

बालाजु प्रहरी नियन्त्रणमै मृत्यु भएका ढुंगानको श्रीमतिलाई प्रहरीको धम्कीपूर्ण फोन

8 months ago

व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ। आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ। कार्की प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन् अाजको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

हिंसा तथा लागूऔषध नियन्त्रणको लागि विद्यार्थीलाई पढाउँदै प्रहरी

9 months ago

चितवन । जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान शुरु गरेको छ ।

Page 1 of 2

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।