News | Tag: मुख्यमन्त्री

विकास र समृद्धिको मनोविज्ञान तयार हुनै बाँकी : मुख्यमन्त्री पोखरेल

1 week ago

काठमाडौँ । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिका बारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताएका छन् । ‘आर्थिक समृद्धि र राजनीतिक दल’ विषयक आज आयोजित कार्यक्रममा उनले जनता र राजनीतिक दलका कार्यकर्तालाई व्यवस्था परिवर्तनका लागि लामो समयसम्म राज्यविरुद्ध उतार्ने काम गरिएको हुँदा राज्य बनाउने मनोविज्ञानमा रूपान्तरण गर्न चुनौती भइरहेको धारणा व्यक्त गरे ।

प्रहरीले आफूलाई परिवर्तन गरेर अपराध रोकथाम गर्नुपर्ने मुख्यमन्त्री भट्टको भनाई

2 months ago

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको युग र आवश्यकतानुसार प्रहरीले आफूलाई परिवर्तन गरेर अपराध रोकथाममा लाग्नुपर्ने बताएका छन् । ६४ औँ प्रहरी दिवसका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले परिवर्तित व्यवस्थाको वर्तमान परिवेशमा हिजोकै सोच, शैली, व्यवहारले समाजमा शान्तिसुरक्षा र अमनचयनको भरपर्दो व्यवस्था गर्न चुनौती हुने उल्लेख गरे । जनताले हिजोको भन्दा फरक तरिकाले सेवा मागिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले भने, “प्रहरीलगायत सबैले सकारात्मक सोच र व्यवहारका साथ नयाँ तरिकाले सेवा दिन जरुरी भइसकेको छ ।”

विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित : मुख्यमन्त्री गुरूङ

2 months ago

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने गरेको बताएका छन् । पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत अध्ययन गरी फर्केको सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको टोलीले आज पोखरामा राखेको छलफल एवम् अन्तरक्रियामा उनले सम्बद्ध अधिकारीमा नै जिम्मेवारी र जवाफदेहिता नहुँदा समस्या हुने गरेको बताए ।

मुख्यमन्त्रीकाे नाममा नक्कली फेसबुक अकाउन्ट खुलेपछि...

2 months ago

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन्छ : मुख्यमन्त्री राउत

2 months ago

जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विगतमा सही तथ्याङ्कको अभावले नीति र योजनाको निर्माण सोचेअनुरुप हुन नसकेको बताएका छन् । फ्याक्टस रिसर्च एण्ड एनालाइटिक्स नामक संस्थाद्वारा प्रकाशित प्रदेश नं. २ को तथ्याङ्क पुस्तकको आज विमोचन गर्दै मुख्यमन्त्री राउतले वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्ने बताए ।

कर्णाली विकासको डिजिटल नक्सा तयार हुँदैछ : मुख्यमन्त्री शाही

3 months ago

जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताए ।

शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउनुहुँदैन : मुख्यमन्त्री गुरूङ

3 months ago

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजित १०औँ वार्षिक साधारणसभा तथा ३३औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेका कारण शिक्षा क्षेत्र धरासायी हुँदै गएको बताए ।

परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौती : मुख्यमन्त्री शाही

3 months ago

भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हाल असहज अवस्था सिर्जना गरी देशको विकास र समृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत २ सय ७२ छात्रालाई साइकल

3 months ago

गौशाला । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महोत्तरीका विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेका छन् । मंगलबार दिउँसो महोत्तरीका विभिन्न स्थानमा गई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सो साइकल वितरण गरिएका हुन् । आजै एकै दिनमा जिल्लाको सरपल्लोमा ७५, मनरामा ४०, गैँडाभेटपुरमा ५२ र रामगोपालपुरमा १०४ गरी २७१ छात्रालाई जनही एक थानका दरले साइकल वितरण गरेका हुन् ।

जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति : मुख्यमन्त्री गुरूङ

3 months ago

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन् । नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उनले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए ।

Page 1 of 4

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।