News | Tag: संसद

त्रिशूली बस दुर्घटनाका मृतक र घाइते परिवारलाई क्षतिपूर्ति दिन माग

5 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले सर्लाहीबाट काठमाडौँ आइरहेको यात्रुवाहक बस गत शुक्रबार त्रिशूली नदीमा खस्दा ज्यान गुमाउन पुगेका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था मिलाउन माग गरेका छन् । सांसदद्वय अमरेशकुमार सिंह र इन्द्रकुमारी विश्वकर्माले सडकको सुरक्षा गर्न नसकेकाले सडक दुर्घटना बढ्दै गएको बताए ।

विधेयक पारित गर्ने बेलामा संसद्मा गणपुरक संख्या नपुगेपछि...

5 months ago

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेका कारण बिहीबारकाे प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगन हुनपुग्याे । विधेयक पारित गर्न बसेकाे बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक केही समयकाे लागि स्थगित गर्नुपरेकाे हाे । संविधानको धारा ९४ अनुसार विधेयक पारित गर्न बैठकमा एक चौथाइ अर्थात् ६९ सदस्य आवश्यक पर्दछ । तर आजको बैठकमा ४१ जना सदस्य मात्र उपस्थित थिए ।

संसद् सञ्चालन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति

5 months ago

काठमाडौँ । सत्तापक्ष, प्रमुख प्रतिपक्षी दलसहित राष्ट्रिय जनता पार्टीका बीचमा ‘अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन’ गर्ने सहमति जुटेसँगै प्रतिनिधिसभाको बैठकको गतिरोध अन्त्य भएको छ । विगत २६ दिनदेखि सर्लाही जिल्लामा घटेका अलग–अलग तीन घटना तथा लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राजपाले संसद् बैठक अवरुद्ध गर्दै आएका थिए ।

संसद खुलाउने विषयमा सत्तारूढ र प्रतिपक्षी दलकाे परस्परविराेधी धारणा

5 months ago

काठमाडौँ । सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् । साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो प्रयास गरेको बताए । सोमबारको अवरोधपछि आजसम्म तीन–चार पटक बैठक बसिसकेको उनले सञ्चारकर्मीको जिज्ञासामा जानकारी दिए ।

संसद्मा बुधबार पनि नाराबाजी र हाेहल्ला, अवराेध जारी

5 months ago

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरूले नाराबाजी गर्न थालेपछि बुधबार पनि संसद् बैठक अवरुद्ध भएको छ । काङ्ग्रेस र राजपाका सांसदले गत असारमा प्रहरी कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै निरन्तर संसद् अवरूद्ध गर्दै आइरहेका छन् ।

प्रतिनिधिसभाको बैठक बुधबार बस्ने

6 months ago

काठमाडौँ । प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत आज १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिए ।

सर्लाही घटनामा संसदीय छानबिन समिति बनाउन सत्तारूढ दल असहमत

6 months ago

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन अस्वीकार गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित राष्ट्रिय जनता पार्टीले उक्त घटनाको छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै मंगलबारको संसद बैठक अवरुद्ध गरेका थिए । समिति गठनको विषयमा दलहरुबीच सहमति नजुटेपछि संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सर्लाही घटनालाई लिएर अवरूद्ध भयाे संसद

6 months ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसद बैठक अवरुद्ध गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रतिबन्धित नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलेको मृत्यु दोहोरो भिडन्तको क्रममा भएको जवाफ दिएका थिए ।

महिला हिंसा न्यूनीकरण मन्त्रालयको प्राथमिकतामा : मन्त्री थापा

6 months ago

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्यूनीकरण, दाइजो र छाउपडी प्रथा अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकमा विनियोजित विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री थापाले मन्त्रालयले सडक बालबालिको उद्धार तथा असहाय बालबालिकाका लागि पुनःस्थापना कार्यक्रम अघि बढाइएको बताइन् ।

सरकारलाई संसदमा जवाफ दिन सभामुखकाे रुलिङ

6 months ago

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आगामी बैठकमा सर्लाही घटना र विषादीयुक्त तरकारीलाई रोक्ने निर्णय फिर्ता लिइएको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । सभाको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद उठेर विरोध जनाएपछि सभामुख महराले दुवै दलका सांसदलाई बोल्ने समय दिएका थिए ।

Page 2 of 4

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।