News | Tag: संसद

संसदमा तीन विधेयक पेश

6 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सदनसमक्ष तीन विधेयक पेश भएको छ । बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५, बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ र खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश भएका हुन् । दुई विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले र खानेपानीमन्त्री बीना मगरले खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश गरेका हुन् ।

संसद्मा बहस : समायोजनामा जाने प्रहरीलाई दुई ग्रेड थप्ने कि एक तह बढुवा गर्ने ?

6 months ago

काठमाडौँ । मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि (ग्रेड) मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस सुरू भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजना गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल सुरु भएको छ ।

संसदमा आज पनि 'गलबन्दी' गीतकै चर्चा, अमर्यादित टिप्पणी गर्नेलाई कारबाही गर्न माग

6 months ago

काठमाडौँ । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

पहाडी सुरुङमार्गको अध्ययन प्राथमिकतामा : मन्त्री महासेठ

6 months ago

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पहाडी क्षेत्रमा सडकको दूरी कम गर्न आगामी आर्थिक वर्षदेखि विशेष प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गर्ने कार्यक्रम राखिएको बताएका छन् । विनियोजन विधेयक, २०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुरुङमार्गका लागि एकमुष्ट रु ६५ करोड छुट्याइएको जानकारी दिए ।

नेताकाे नामलाई लिएर सांसदहरूबीच चल्याे 'अमर्यादित' जुहारी

6 months ago

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच एकअर्काका नेताको नामलाई लिएर जुहारी चलेको छ । सांसदहरूले एकअर्काका नेताको नाम बिगार्दै संसद् अमर्यादित रूपमा प्रस्तुत भएपछि संसद बैठकको लाइभ प्रसारण हेरेकाहरू हाँसो, आश्चर्य र विस्मयको शिकार भए ।

गुठी विधेयकलाई लिएर संसदमा प्रधानमन्त्रीकै राजीनामा माग

6 months ago

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गलत विधेयक फिर्ता लिनु बहादुरी नभएको टिप्पणी गरेका छन् । संसदमा भइरहेको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै गच्छदारले गलत विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने समेत बताए ।

अन्य विधेयकहरू पनि फिर्ता लिन प्रतिपक्षी सांसदकाे माग

6 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गरे ।

सहकारीलाई प्रभावकारी नियमन गर्न सांसदहरूकाे माग

7 months ago

काठमाडौँ । आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेको सहकारीलाई विकृत बनाएर सीमित व्यक्तिले नाफा कमाउने काम भइरहेको भन्दै सांसदले त्यसको नियमन प्रभावकारी गर्न माग गरेका छन् ।

पाैडेलकाे निधनप्रति संसदमा शाेक प्रस्ताव पारित

7 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

गृहमन्त्री जवाफ दिन नआएपछि संसद बैठक स्थगित

7 months ago

काठमाडौँ । अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो ।

Page 3 of 4

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।