News | Tag: सञ्चारमन्त्री

आफुले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढ्याे : सञ्चारमन्त्री बाँस्काेटा

1 week ago

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसमा आफूले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढेको बताएका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवर्द्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले बाटाे फराकिलाे पार्न अलिकति जग्गा दिन नमान्नेले नै बाटाे भएन भनेर सरकारलाई गाली गर्ने गरेकाे बताए ।

बिहीबारकाे मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णयहरू

2 weeks ago

काठमाडौं । मन्त्रिपरिषद् बिहीबार बसेको बैठकले विभिन्न विषयमा १९ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरूको बारेमा जानकारी दिए । मन्त्रिपरिषद्को बैठकको निर्णयहरू सार्वजनिक गर्दै मन्त्री बास्कोटाले समसामयिक विषयहरूमा टिप्पणी समेत गरेका थिए ।

चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री बाँस्काेटा

2 weeks ago

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उनले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह गरे ।

दाउपेच, शक्ति सञ्चय वा प्रचारका लागि विप्लवसँग वार्ता हुँदैन : सञ्चारमन्त्री बाँस्काेटा

1 month ago

काठमाडौँ । सूचना तथा प्रविधिमन्त्री एवँ सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे प्रतिबन्धित नेकपासँग अनाैपचारिक वार्ता भइरहेकाे बताएका छन् । उनले अनाैपचारिक वार्ता भइरहेकाे स्विकारे पनि दाउपेच, शक्ति सञ्चय वा प्रचारका लागि प्रतिबन्धित नेकपासँग वार्ता नगर्ने स्पष्ट पारे । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउन र संविधान मान्न तयार भए मात्र वार्ता गरिने बताए ।

प्रेसलाई अप्ठ्यारो बनाउने सोच्न पनि सकिँदैन : मन्त्री बाँस्कोटा

1 month ago

काठमाडौँ । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने र रोक्नेतर्फ कुनै प्रयास नगरेको र सो विषयमा सोच्न पनि नसक्ने स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अभिव्यक्ति स्वतन्त्रतालाई नभई अराजकतालाई नियन्त्रण गर्न खोजेको स्पष्ट पारे ।

विप्लवलाई सञ्चारमन्त्री बाँस्काेटाकाे चेतावनी नै चेतावनी

1 month ago

काठमाडौँ । सञ्चारमन्त्री एवँ सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह क्रमशः संगठित आतंकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले विप्लव समूहले लुटपाटको धन्दा चलाएको आरोप लगाए । सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताउँदै उनले वार्तामा नआए विप्लव समूहले क्षति व्यहोर्नुपर्ने चेतावनी दिए ।

आइफा अवार्ड सम्पन्न गरेरै छाड्छाैँ : मन्त्री बाँस्काेटा

1 month ago

काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड सम्पन्न गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बाेल्दै मन्त्री बाँस्काेटाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि आईफा अवार्ड आयोजना गर्नुपर्ने दाबी गरे ।

नेकपाका दुवै अध्यक्ष सरकार चलाउन सक्षम : सञ्चारमन्त्री बाँस्काेटा

2 months ago

सिन्धुली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

साैराहा पुगेर जंगिए बाँस्काेटा, भने : त्यत्तिकै आरोप लगाउन पाइँदैन

3 months ago

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए ।

मिडिया विधेयकले मिडिया मालिकहरूकाे साताे उडेकाे छ : मन्त्री बाँस्काेटा

3 months ago

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याइने बताए ।

Page 1 of 3

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।