News | Tag: सरकार

संसदमा बज्याे सरकार र प्रतिपक्षकाे आ–आफ्नै डम्फु

4 months ago

काठमाडौँ । राष्ट्रियसभामा आजदेखि प्रारम्भ भएको सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले आ–आफ्ना धारणा व्यक्त गरेका छन् । बैठकमा राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले राजतन्त्रका बेला ‘मेरो सरकार’ भन्ने सुनिएको उल्लेख गर्दै नीतिमा उल्लेख यस शब्दका सम्बन्धमा समाजका विभिन्न तहमा भइरहेका टीका टिप्पणीलाई आत्मसात् गरी सच्याउन सरकार तयार हुनुपर्ने बताए ।

सरकारको नीति तथा कार्यक्रम माथी छलफल शुरू

4 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रमको छलफलमा सहभागि संघीय सदस्यहरूले भनाइ तथा सुझाव राख्न थालेका छन् । सत्तापक्षका सदस्य नीति तथा कार्यक्रमकाे पक्षमा छन् भने नेपाली कांग्रेस र राजपाका नेताहरुले विरोध जनाएका छन् । हालै प्रस्तुत भएको नीति तथा कार्यक्रम आधारहिन र झुटको खेती गर्न भएको उनीहरुले आरोप लगाएका छन् ।

सरकार राष्ट्रपतिकै होः प्रधानमन्त्री

4 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सरकारको नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा मेरो सरकार भनेकोमा आएका मिश्रित प्रतिक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख खोलेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति राष्ट्रप्रमुखको भएकोले सरकार राष्ट्रपतिकै भएको प्रतिक्रिया दिएका छन् ।

फोरम–नयाँ शक्ति पार्टी एकीकरण अन्यौलमा, सरकारमै कुरा अड्क्यो

4 months ago

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच हुने भनिएको पार्टी एकीकरण अल्मलमा परेको छ । पार्टी एकीकरणका क्रममा सरकारमा रहने कि नरहने बारेमा दुई पार्टी बीचमा मत बाझिँदा एकता प्रक्रियामा अल्मलता आएको छ ।

सरकारको नीति तथा कार्यक्रम आज

4 months ago

काठमाडौँ । सरकारले तयार पारेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा प्रस्तुत गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम राष्ट्रपति मार्फत सार्वजनिक गर्नुपर्ने परम्परा अनुसार संघीय संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

मधेसवादी मिल्दा प्रचण्ड उत्तेजित, फोरम सरकार छाड्ने तयारीमा

4 months ago

काठमाडौँ । गत मंगलबार विहान नेकपा अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारले भ्रष्टचार गरेर बेइमानी गरेकाले आफ्नै दलको नेतृत्वमा प्रदेश २ मा सरकार बनाउन सक्ने बताएपछि एक किसमले सत्तारुढ दलकै सत्ता समीकरण समेत हलचल मच्चिएको थियो । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश २ मा नेकपाले सरकार बनाउने बताएकै कारण राजनैतिक वृतमा तातो बहस शुरु भएको हो ।

निर्मम बन्दै वामसरकार

9 months ago

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादीको गठबन्धन बनेदेखि नै नेपाली कांग्रेसले भन्न थाल्यो कि, ‘वाम गठबन्धनले जित्यो भने अधिनायकवाद आउँछ । रुनसम्म पनि पाइँदैन ।’ यस्तै शंका, आरोप÷प्रयारोपबीच निर्वाचन भयो । परिणामतः तत्कालिन वामगठबन्धनले करिब दुईतिहाई बहुमत ल्यायो । वामनेतृत्वमा सरकार बन्यो । संसदमा सहभागी अरु दलले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरे । सरकार दुईतिहाई बहुमतसहितको शक्तिशाली बन्यो ।

जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

9 months ago

काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीलाई दिएको अभिव्यक्ति हो यो । बैठकको निर्णयबारे जानकारी लिन राति अबेरसम्म कुरेर बसेका सञ्चारकर्मी सञ्चारमन्त्रीको अभिव्यक्तिपछि निराश भए । प्रवक्ताले निर्णय लुकाउन खोजे पनि सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकामा सरकारको निर्णय सार्वजनिक भयो । प्रवक्ताले लुकाउन खोजेको सूचना बैठकमा सहभागी कुन मन्त्रीले सञ्चारमाध्यमलाई जानकारी दिए भन्ने खुलेन । तर, सरकारले निर्णय लुकाउन गरेको दुष्प्रयास असफल भयो ।

‘अलोकप्रिय ओली सरकार’का १० कमजोरी

11 months ago

काठमाडौं । अहिलेसम्मकै ‘शक्तिशाली’ भनिएको वर्तमान सरकारको काम गराई भने भने अत्यन्त फितलो देखिएको छ । संसदमा दुईतिहाई समर्थन प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकोप्रति चौतर्फी आलोचना भइरहेको छ । यो सरकारले आधा वर्ष अवधिमा गरेको काम हेरेर भन्न थालिएको छ कि, ‘राम्रो गर्न नसके पनि नराम्रो चाहिँ नगरिदिएको भए हुन्थ्यो’ । सरकारले यो अवधिमा गरेका विवादित निर्णय तथा कामको सूची लामो छ ।

सरकारको नयाँ योजनाः तीन हजार ५०० मेगावाट जलविद्युत्

11 months ago

काठमाडौँ । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो ।

Page 1 of 2

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।