News | Tag: Bhaktapur

भक्तपुरमा भूकम्प पीडितको अस्थायी टहरो भत्किदा एकै परिवारका ३ जनाको मृत्यु

1 year ago

भक्तपुर । सुतिरहेको बेला घर भत्किदा भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला घर भत्किएर च्यापिँदा हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । मृत्यु हुनेमा ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र थिमि डुबानमा

1 year ago

भक्तपुर । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुरमा चालकको मृत्यु

1 year ago

काठमाडौं । ट्रिपरको ठक्करबाट भक्तपुरको सानोठिमीमा स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएपछि सिन्धुपाल्चोक सेलाङ ६ स्थायी घर भएका ४८ वर्षीय चेत बहादुर थापा गम्भीर घाइते भएका थिए ।

भक्तपुरमा दुर्घटना १ जनाको मृत्यु १ गम्भीर घाइते

1 year ago

काठमाडौं । भक्तपुरको सल्लाघारीमा आज बिहान मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

Page 2 of 2

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।