News | Tag: Murder

माइक्रोफाइनान्सका कर्मचारीकाे हत्या गरी नगद लुटपाट

1 week ago

फिदिम । मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।

लुगा काट्ने कैँचीले श्रीमतीकाे हत्या

1 week ago

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं. ३ दिपायलमा कैंची प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

कुटपिटबाट गम्भीर घाइते थापाको मृत्यु

2 weeks ago

बुटबल । कुटपिट गरेर गम्भीर घाइते भएका सुमन थापाको मृत्यु भएको छ । शनिबार राति रुपन्देहकिो देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय थापामाथि एक समूहले कुटपिट गरेको थियो । कुटपिटपछि बेहोस अवस्थामा फेला परेका उनलाई देवदह मेडिकल कलेज भलुहीमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।

दार्चुलामा अज्ञात व्यक्तिबाट दम्पतीको हत्या

1 month ago

दार्चुला । महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो । हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आक्रमणबाट उनका नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् ।

दैलेखको भैरवी गाउँपालिकामा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

1 month ago

दुल्लु । दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो ।

झाँक्रीको हत्या गर्ने २६ जनालाई कैद फैसला

1 month ago

धादिङ । गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिइएको छ । चौँतीस वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताए ।

आगो लगाएर ११ महिने छोरीको हत्या गर्ने विष्ट दम्पती पक्राउ

1 month ago

दार्चुला । व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ ।

१३ वर्षीया बालिका बलात्कारपछि हत्या गरिएको अभियोगमा दम्पती पक्राउ

1 month ago

रामेछाप । १३ वर्षीया एक बालिका बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया अनिसा परियारको बलात्कार प्रयासपछि हत्या आरोपमा मृतकका बाजे र बज्यै नाता पर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा युवक पक्राउ

2 months ago

लहान । चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो ।

निर्मला हत्या प्रकरणमा संलग्न शंकास्पद दुईजना पक्राउ

2 months ago

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन।

Page 1 of 8

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।