News | Tag: Nepali congress

मन्त्री बन्न दरखास्त

2 months ago

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले छायाँ सरकारमा जान इन्छुक व्यक्तिहरुसँग आवेदन माग गरेको छ । छायाँमन्त्री बन्न लोकसेवा आयोगको जााच दिन नपर्ने भएकाले कांग्रेसका दश जना सांसदले छायाँ मन्त्रीका लागि नाम टिपाएका छन् ।

प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने काँग्रेसकाे अडान यथावत

2 months ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ ।

राष्ट्रियसभा बैठकमा काँग्रेसले माग्याे मन्त्री अधिकारीकाे राजीनामा

2 months ago

काठमाडौँ । वाइड बडी विमान खरिद प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मन्त्री अधिकारीको राजीनामा माग गरेको हो । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले शुक्रबारको राष्ट्रियसभा बैठकमा वाइडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीले तत्काल राजीनामा दिननुपर्ने माग गरिन् ।

देउवा र पाैडेललाई नेता नमान्ने भन्दै चैतभित्र महाधिवेशन बाेलाउन सिटाैलाकाे माग

2 months ago

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले चैतभित्रै पार्टीको महाधिवेशन बोलाउन माग गरेका छन् । महासमिति बैठक सकिएको तीन दिन नबित्दै बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले महाधिवेशनको माग गरेका हुन् । ‘आगामी चैत महिनाभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न म नेतृत्वलाई आग्रह गर्छु’, नेता सिटौलाले भने, ‘यदि महाधिवेशन गर्न सकिँदैन भने संक्रमणकालीन प्रवन्धका आधारमा भएपनि नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’

संसदकाे हिउँदे अधिवेशनमा काँग्रेसले जनसराेकारका मुद्दा उठाउने

2 months ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय संसद्का दुवै सदनमा जनसरोकारका मुद्दा उठाउने निर्णय गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

यी हुन् सरकारमाथि काँग्रेसले लगाएको ११ आरोप

2 months ago

काठमाडौँ । सरकारमाथि झन्डै एक दर्जन आरोप लगाउँदै कांग्रेस महासमिति बैठक आइतबार सकिएको छ । राष्ट्रिय र जनसरोकारका मुद्दा, संवैधानिक र कानुनी व्यवस्थाका प्रावधान पालना गर्न उठाइएका विषयलाई उपेक्षा गर्दै सरकार अधिनायकवादी बाटोमा हिँडेको कांग्रेसको ठहर छ ।

कांग्रेस महासमिति बैठकमा पौडेलले भनेः ‘हात उठाएर मात्रै एकता हुँदैन’

3 months ago

काठमाडौ‌ँ । निर्वाचनमा पराजयपछि गुटगत आरोप–प्रत्यारोपमा उत्रिएका कांग्रेस नेताहरूले शनिबारदेखि सुरु महासमिति बैठकको उद्घाटन समारोहमा पनि गुटबन्दीकै विषय जोडतोडले उठाए । पार्टी एकजुट भएर अघि बढ्ने अपेक्षासहित देशभरबाट भेला भएका महासमिति सदस्यहरूमाझ शीर्ष नेताहरूले फरक गुटतर्फ इंगित गर्दै पार्टीमा अन्तर्घात हुने गरेको बताए । निर्वाचनमा पराजय हुनुको कारण गुटबन्दी र अन्तर्घात नै भएको उनीहरूले दोहोर्याए।

फितलो र लथालिङ्ग कांग्रेस महासमिति बैठक

3 months ago

काठमाडौँ । संघीय संरचनाअनुसार विधान संशोधन गर्ने प्रमुख एजेण्डाको साथ शुरु भएको काग्रेस महासमिति बैठकको दोस्रो दिन शनिवार उद्घाटन कार्यक्रममै बितेको छ । अघिल्लो दिन शुक्रवार नाम दर्ता गर्ने भनिए पनि भोलीपल्टसम्म एक तिहाई महासमिति सदस्यको नाम नै दर्ता गर्न बाकी थियो ।

पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

3 months ago

काठमाडौं । महासमितिको तय तिथि आइसक्दा पनि काँग्रेसको नयाँ विधान मस्यौदामा सहमति जुट्न नसकेपछि महामन्त्री डा. शशांक कोइरालाले बीचको बाटो प्रस्तावित गर्नुभएको छ । गत बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको नेताहरुको अनौपचरिक बैठकमा महामन्त्री कोइरालाले विधानमा सभापति, २ उपसभापति, ३ महामन्त्री, ४ सह–महामन्त्री र कोषाअध्यक्षसहित ११ जना पदाधिकारी राखेर महासमितिमा जानुपर्ने विकल्प अगाडि सार्नुभएको हो ।

काम गर्न नसकेपछि सरकार बुद्धिजीवीलार्इ धम्क्याउन थाल्याे : प्रकाशमान सिंह

3 months ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन् । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढेको बताए ।

Page 3 of 8

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।